Fri. Mar 29th, 2024

धादिङकी रश्मी र देवेन्द्रको ‘मृत्यु पठाइदेउ’ (हेर्नुहोस् युटुवमा पनि)

२६ जेठ, काठमाडौं ।

धादिङकी नव गायिका रश्मी श्रेष्ठ र धादिङ्गे गायक देवेन्द्र लामिछानेको ‘मृत्यु पठाइदेउ’ बजारमा आएको छ । नव गायक सीताराम परियारसंग ‘भाग्य खुल्नु पर्छ’ गाएकी रश्मीले अहिले देवेन्द्रसंग ‘मृत्यु पठाइदेउ’ बोलको गीत गाएकी हुन् ।
‘मृत्यु पठाइदेउ’ को लय र शब्द पनि देवेन्द्रकै हो । धादिङ निलकण्ठ नगरपालिका ४ की नवगायिका रश्मी र सिद्धालेक गाउँपालिकाका देवेन्द्रले संयुक्त गाएको हो पहिलो गीत हो । मायाँ एउटासंग विहे अर्कैसंग गर्नुपर्दाको पीडादायक कहानी यो गीतले बोलेको छ ।

 

गीतको पहिलो लाइन यस्तो छ ।
केटा ः जस्को दिलमा मेरो नाम अटेन, उस्कै मायाँ मनबाट हटेन,
केटी ः मेटाउ तस्विर मेरो याद आउला, विर्सिएको अतितलाई बल्झाउला,

‘छैन अब जिउने आश मृत्यु पठाइदेउ,
होलान बाधा पिरहरु तिमी हिँड्ने बाटोमा,
सजाएका मेरा तस्विर विन्ती हटाइदेउ ।।’

युटुव मा हेर्नुहोस्

About The Author

Loading...

अन्य समाचारहरु: