Fri. Mar 29th, 2024

न्वागी जात्रा मंसिर सत्रमा

११ मंसिर, धादिङ-धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सल्यानकोट माई मन्दिरको जात्रा यहि मंसिर १७ र १८ गते हुने भएको छ  ।
DSC00057

प्रचार प्रसारको अभावले मन्दिर ओझेलमा पर्ने अवस्था आएकोले यस वर्ष मेलालाई सभ्य र भव्य बनाउन आफूहरु लागि परेकोे मन्दिर संरक्षण समितिका अध्यक्ष छन्दबहादुर राना मगरले बताउनुभयो ।
श्री त्रिपुरासुन्दरी माई मन्दिर संरक्षण समिति धादिङले धादिङबेसीमा पत्रकार सम्मेलनको आयोजना गरी सल्यानकोट माई मन्दिरको जात्राको विषयमा जानकारी गराएको हो । यस ठाउँ नेपाल एकीकरणको बेला तत्कालीन राजा पृथ्वीनारायण शाह गोर्खाबाट नुवाकोट आक्रमणका लागि निस्किएको ऐतिहासिक तथ्य जोडिएको छ ।

नुवाकोट आक्रमण जाँदा विजयी भएपछि राजाले भगवतीको मन्दिर स्थापना गरेको किंवदन्ती छ । देवीलाई माथिल्लो कोटबाट आगिञ्चोकको तल्लो कोटमा बाँजा गाजा सहित डोलीमा लैजाने परम्परा रहेको छ । सल्यानेकाटमा रहेको त्रिपुरासुन्दरी भगवतीलाई बर्ष भरी विभिन्न ३ वटा मन्दिरमा राखेर पुजा गरिन्छ ।

सल्यानकोट माईमा विषेश समयमा राखेर पुजा गर्ने प्रचलन नेपालकै अनौठो र विरलै भेटिने प्रचलन रहेको त्रिपुरासुन्दरी माई मन्दिर संरक्षण समितिले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: