Fri. Apr 26th, 2024

चेपाङ विद्यालयलाई बेलायतबाट साढे सात लाख सहयोग

लण्डन –  नेपालको अत्यन्त पिछडिएका चेपाङ जाति अध्यनरत श्री अन्तोदय विद्यालयको सहयोगार्थ बेलायतस्थित गिलफोर्डमा एक साँस्कृतिक कार्यक्रम गरिएको छ । कार्यक्रमबाट करिब ७ लाख ५० हजार रुपैयाँ संकलन भएको कार्यक्रम संयोजक कुशल श्रेष्ठले जानकारी दिए ।

संस्थापक किशोरचन्द्र ढुङ्गानाको सन् २००४ मा असामयिक निधनपछि विद्यालय आर्थिक संकटमा छ । अहिले विद्यालय किशोरचन्द्र ढुङ्गाना मेमोरियल पव्लिक एजुकेशन ट्रस्टबाट सञ्चालित छ । संयोजक घनश्याम प्रधान बेलायत आएका बेला कार्यक्रम गरिएको हो ।

कार्यक्रम ब्रदर्श ब्याण्डका अमित र रोशनले जहाँ छन् बुद्घका आंखा… बोलको गीतबाट सुरु भएको थियो । स्थानीय कलाकारहरु र ब्रदर्श ब्याण्डको प्रस्तुतिसँगै कन्दरा ब्याण्डका गायक विवेक श्रेष्ठको विशेष प्रस्तुतिले उपस्थित दर्शकले भरपुर मनोरन्जन लिए । केही कालजयी गीतबाट आफ्नो प्रस्तुति सुरु गरेका श्रेष्ठले आफ्नै एल्बमको हङकङ पोखरा र लेककी हे माया… गाइरहँदा उपस्थित दर्शकहरु ननाचि रहनै सकेनन् ।

केदार थपलियाले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य सञ्जय कँडेलले दिएका थिए । उक्त अवसरमा एकसय पाउण्डभन्दा बढी सहयोग पुर्‍याउनेलाई खादा लगाई सम्मान गरिएको थियो ।

सञ्चारकर्मी कुशल श्रेष्ठको संयोजनमा आयोजित कार्यक्रमसफल पार्न सिप्रा श्रेष्ठ, प्रताप खरेल, दिपा उप्रेती, मोहन श्रेष्ठ, युरन जोशी लगायतले विशेष सहयोग गरेका थिए ।

(ई- कान्तिपुर अनलाइन्बाट साभार)

About The Author

Loading...

अन्य समाचारहरु: