Sat. Apr 20th, 2024

अन्तत मिल्यो दुई उद्योग वाणिज्य संघ धादिङ

sasa

 

२२ मंसिर, धादिङ – धादिङमा रहेका दुई ओटा उद्योग वाणिज्य संघहरु अन्नत एकै ठाउँमा गाभिने भएका छन् ।

 

जिल्लामा रहेका दुई उद्योग वाणिज्य संघहरुबीचको राजनीतिक खिचातानीले सबैको ध्यान केन्द्रित गराइरहेको बेला लामो छलफल पछि दुवै उद्योग वाणिज्य संघले एक हुने निर्णय गरेका छन् । अधिबेसनको बेला २०६९ साल मंसिर २९ गतेदेखि विभाजन भएको थियो । उद्योग वाणिज्य संघहरुको खिचातानीका कारण धादिङबेसीमै एकै समयमा हुने भनिएको दुईओटा महोत्सव पनि गाभिएको छ ।

 

धादिङ उद्योग वाणिज्य संघले चौथो धादिङ महोतसव पुष २ गतेबाट र उद्योग वाणिज्य संघ धादिङले मध्यमाञ्चल क्षेत्रिय महोत्सव पुष ७ गतेबाट आयोजनाको तयारी अन्तिम चरणमा पु¥याइरहेका बेला जिल्ला प्रशासन कार्यालय धादिङको पहलमा दुई सस्था एक भएका हुन् ।
दुबै संस्थाको सदस्यता छानविन गर्नका लागि धादिङ उद्योग वाणिज्य संघका तर्फबाट उपाध्यक्ष गोपिलाल श्रेष्ठ, महासचिव बोधनाथ दुवाडी, सचिव राजकुमार श्रेष्ठ र उद्योग वाणिज्य संघ धादिङको तर्फबाट महासचिव लोकनाथ डल्लाकोटी, सचिव विष्णु प्रसाद थपलिया, सदस्य अशोक अधिकारी रहने गरी सदस्यता छानविन समिति गठन गर्ने सहमति भएको छ ।
मेलाका सन्दर्भमा धादिङ उद्योग वाणिज्य संघको व्यानरमा उद्योग वाणिज्यसंघले तोकेको मिति पुष ७ गतेबाट धादिङ उद्योग वाणिज्य संघले तय गरेको स्थान निलकण्ठ नगरपालिका वडा नम्बर ४ रायटारमा हुने धादिङ उद्योग वाणिज्य संघका महासचिव बोधनाथ दुवाडीले बताउनुभयो ।

 

महोत्सव उद्घाटन सत्रको सम्पूर्ण कार्यक्रम धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रकान्त अधिकारीले गर्ने र समापन कार्यक्रमको सम्पूर्ण जिम्मेवारी उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष कल्पना अधिकारीले गर्ने निर्णय भएको छ ।
महोत्सवको नाम मध्यमाञ्चल क्षेत्रिय महोत्सव तथा चौथो धादिङ महोत्सव २०७१ रहने उद्योग वाणिज्य संघ धादिङका प्रमुख कार्यकारी निर्देशक शालिकराम दुवाडीले जानकारी दिनुभयो ।
महोत्सवका निम्ती सुरक्षा चुनौति निम्तिएको भन्दै राजनीतिक दलहरुकै आग्रहमा स्थानीय प्रशासनले दुबै सस्थाहरुलाई छलफलका निम्ति बोलाएको थियो । लामो छलफल र कसरत पछि दुबै सस्था एक भएका हुन् ।
अब कुनै राजनीतिक अड्चन नहुने हो भने दुबै सस्था एक हुने करिब करिब निश्चित भएको छ । धादिङको आर्थिक उन्नतिमा समेत महत्वपूर्ण योगदान पुग्ने भन्दै व्यवसायीहरु उत्साहित भएका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: