Fri. Mar 29th, 2024

संविधानमा सहमति खोज्न चारपक्षीय बैठक बस्‍दै

sambadhan.......

 

काठमाडौं -संविधानका अन्तरवस्तुमा सहमति खोज्न मंगलबारदेखि कांग्रेस, एमाले, एमाओवादी र मधेसवादी दलको संयुक्त बैठक बस्दैछ।। अन्तरवस्तुमा सहमति खोज्न चार पक्षको छलफललाई निरन्तरता दिने समझदारी भएको जानकारी एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दिए।

कांग्रेस, एमाले र एमाओवादीको दिउँसो सम्पन्न बैठकमा अन्तरवस्तुमा सहमति खोज्न कार्यदल गठन गरे पनि साँझ कांग्रेस-एमालेले मधेसी दलसँग गरेको बैठकमा उनीहरूले कार्यदल गठन गर्दा सहमतिमा ढिलाइ हुने भएकाले सीधै शीर्ष बैठकबाट सहमति खोज्न आग्रह गरेपछि कार्यदल गठनको अघिल्लो निर्णय परिवर्तन गरिएको थियो।

श्रेष्ठका अनुसार तीन दलको बैठकमा मधेसवादी दललाई पनि सहभागी गराउनुपर्ने एमाओवादी प्रस्तावमा कांग्रेस-एमालेले सहमति जनाएपछि चार पक्षबीचमा निरन्तर छलफल गर्न लागिएको हो।

शीर्ष नेताहरूको बीचमा संविधानका अन्तरवस्तुका बुँदाबुँदामा सहमति गरौं। सबैले विगतका अडान नदोहोस्याऔं, लेनदेन गरी सहमति गरौं भनेर छलफल सकारात्मक भएको छु, श्रेष्ठले अन्नपूर्णसँग भने, त्यो समझदारीको परीक्षा हुन बाँकी छ।

तीन दलको बैठकको प्रारम्भमा चारवटै पक्षका नेता सम्मिलित आठ सदस्यीय कार्यदल बनाउने छलफल भएको थियो।

स्रोतका अनुसार कार्यदलमा कांग्रेसका तर्फबाट महामन्त्री कृष्ण सिटौला र सभासद् राधेश्याम अधिकारी, एमालेका तर्फबाट उपाध्यक्ष भीम रावल र प्रमुख सचेतक अग्नि खरेल, एमाओवादीका तर्फबाट महासचिव कृष्णबहादुर महरा र खिमलाल देवकोटा रहने गरी छलफल भएको थियो।

प्रारम्भमा कार्यदल बनाउने छलफल भएको हो तर कार्यदल बनाएर जाँदा ढिलो हुने भएकोले त्यतातिर लागेनौुं, श्रेष्ठले भने। कांग्रेस, एमाले र एमाओवादीको बैठक सकिएलगत्तै कांग्रेस एमालेले मधेसवादी दलका नेताहरूसँग छुट्टै छलफल गरेका थिए।

राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले भने, प्रक्रियामा भन्दा संविधानका अन्तरवस्तुमा सहमति खोजौं, त्यसका लागि कार्यदल गठन गर्नेभन्दा तीन दलका शीर्ष नेता स्तरमा सहमति खाजौँ  । कार्यदल गठन गरेर माघ ८ मा संविधान आउन कठिन हुन्छ।

एमाओवादीले मधेसवादी दलसहितको संयुक्त बैठकको प्रस्ताव गरे पनि कांग्रेस(एमालेले एमाओवादी र मधेसवादी दलसँग छुट्टाछुट्टै छलफल गरेका थिए। कांग्रेस-एमालेले एमाओवादीसँगको बैठक सकिएलगत्तै मधेसवादी दलका नेतासँग बालुवाटारमा छलफल गरेका थिए।

मंगलबारदेखि नै चारपक्षीय नेतृत्व तहमा छलफल गरेर संविधानका मुख्य चार विवादित विषयमा सहमतिका प्रयास गर्ने सहमति भएको छु, बैठकपछि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने।

मेधसी मोर्चासहितको कांग्रेस-एमाले बैठकमा सुरुमा प्रधानमन्त्री सुशील कोइरालाले संविधानका अन्तरवस्तुमा सहमतिका लागि कार्यदल बनाउने प्रस्ताव राखेका थिए। तर मधेसी मोर्चाका नेताहरूले कार्यदलले समयमात्रै लिने भएकाले शीर्ष नेतृत्व तहमै छलफल सुरु गर्न धारणा राखेपछि कार्यदल नबनाउने भएका हुन्। प्रधानमन्त्रीले कार्यदल गठनको प्रस्ताव राख्नुभएको थियोु, महतोले भने, तर त्यसले समय मात्रै खाने भएकाले हामीले नेतृत्व तहमै छलफल गर्नुपर्ने धारणा राख्यौं।

बैठकमा प्रधानमन्त्रीले माघ ८ गते संविधान जारी गर्नुपर्ने भएकाले कसरी मिलाउने भन्दै मधेसी मोर्चाका नेतालाई मुख्य चार विषय संघीयता, शासकीय स्वरूप, न्याय प्रणाली र निर्वाचन प्रणालीमा सहमतिका लागि आग्रह गरेका थिए। मोर्चाको आग्रहपछि मंगलबारदेखि कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाका शीर्ष तहमा छलफल गर्ने सहमति भएको हो।

संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिले समितिमा आएका प्रस्तावलाई विवरणका रूपमा संविधानसभामा पेस गरेपछि त्यसलाई कसरी टुंग्याउने भन्नेमा कांग्रेस-एमाले र एमाओवादी र मधेसवादी दलका बीचमा विवाद छ।

कांग्रेस-एमाले विवादलाई संविधानसभाबाटै टुंग्याउनुपर्ने पक्षमा थिए भने एमाओवादी र मधेसवादी दल पुनस् संवाद समितिमा फर्काउनुपर्ने पक्षमा थिए। संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले शुक्रबारसम्म संविधानका अन्तरवस्तुमा सहमति गर्न कांग्रेस, एमाले र एमाओवादीका नेतालाई समयसीमा तोकेका थिए। नियम निलम्बन र प्रक्रिया छोट्ट्याएर माघ ८ मा संविधान ल्याउन शुक्रबारसम्म सहमति गरिसक्नुपर्ने सुझाव नेम्बाङले दिएका थिए।

About The Author

Loading...

अन्य समाचारहरु: