Fri. Mar 29th, 2024

शिबरात्रीका लागि केदारनाथको शिर डोलेश्वरमा नागाबाबाको भिड

4.psd

भक्तपुर  ।

शिबरात्रीका लागि सुर्यविनायक नगरपालिका–७ स्थित केदारनाथको शिर डोलेश्वरमा भारतबाट नागाबाबा, साधुसन्त आउने क्रम शुरु भएको छ ।

हिन्दुहरुको प्रमुख चार धाम मध्येको एक मानिने केदारनाथको शिर डोलेश्वर मन्दिरमा आजसम्ममा ३ सय ५० जना नागाबाबा र साधुसन्तहरु आइसकेको मन्दिर व्यबस्थापन समितिका अध्यक्ष किरण थापाले बताए ।

पाँच बर्षअघि भक्तपुरको सुर्यविनायक नगरपालिका–७ स्थित डोलेश्वर मन्दिरलाई केदारनाथका पिठाधिश श्री श्री श्री १००८ स्वामी भिमाशंकर शिवालिङ्ग महाराजले केदारनाथको शिर भाग रहेको पुष्टी गरेका थिए । उनले शिर भाग घोषणा गरेपश्चात यहाँ बिशेष पुजा तथा मेलाको आयोजना हुँदै आएको छ । यस बर्षको शिबरात्रीमा यहाँ ७ सय नागाबाबा आउन सक्ने नागाबाबाहरुका प्रमुख दयानन्द सरस्वती नागाबाबाले बताए ।

About The Author

Loading...

अन्य समाचारहरु: