Wed. Jun 26th, 2019

Pabil News

Dhading Media

त्रिपुरासुन्दरी गाउँपालिका, धादिङको विकासको संम्भावित खाका

1 min read

निरञ्जन श्रेष्ठ-

Niranjan stha

नेपालको संविधान, २०७२ ले गाउँपालिकाहरुलाई संवैधानिक हैसियत दिए पछि स्थानीय सरकार गठनका लागि हुन गईराखेको स्थानीय तहको पहिलो ऐतिहासिक चुनावको अवसरमा राजनैतिक पार्टीहरु तथा जनस्तरमा देखिएको चासो र उत्साह प्रशंसनीय छ ।

यस अवसरमा राजनैतिक पार्टीहरुबाट केन्द्रिय स्तरबाट घोषणापत्रहरु आए पनि त्यसले स्थानीय स्तरका सवालहरुलाई अपेक्षित रुपमा सम्बोधन गर्न नसकेको मलाई महसुस भएको छ । स्थानीय तहमा पनि विशेष गरि पार्टी र व्यक्ति केन्द्रित प्रचार अगाडि बढ्दै गईरहेको र स्थानीय तहका घोषणापत्रहरु पनि नआएको अवस्थामा आफू त्रिपुरासुन्दरी गाउँपालिका, धादिङको मतदाता हुनुको नाताले यस गाउँपालिकाको विकासको  खेस्रा खाका तयार पार्ने सम्बन्धमा आफ्नो मनमा आएका कुराहरु सार्वजनिक रुपमा बाँडेर उम्मेदवारहरु तथा मतदाताहरुका बिचमा यस विषयमा बहस अगाडि बढोस् भन्ने हेतुले आफ्ना धारणाहरुलाई लिपिबद्ध गरेको छु ।

आर्थिक रुपमा सबल गाँउपालिका
गाविसहरुले गाउँपालिकाको परिवर्तित स्वरुप धारण गर्दै गर्दा गाउँपालिकालाई संविधान मार्फत् नै उल्लेख्य अधिकार प्राप्ति भएता पनि ती अधिकारको कार्यान्वयनका बाटोमा चुनौतीहरु पनि प्रशस्त छन् । गाउँपालिकाको हरेक क्षेत्ररविषयमा शुरुवाती जग बसाउने काम अझै जटिल हुने कुरामा कुनै शंका छैन । संवैधानिक जगको आधारमा विकास र समृद्धिको मार्गमा अगाडि बढ्नका लागि गाउँपालिका आर्थिक रुपमा सबल हुनै पर्छ । राजस्व बाँडफाँड र केन्द्रीय सरकारको अनुदानबाट प्राप्त बजेट मात्र गाउँपालिकाको विकास र समृद्धिका लागि पर्याप्त हुन्न । यसका लागि गाउँपालिकाले आफ्ना प्राकृतिक तथा अन्य श्रोत साधनहरुको उपयुक्त ढंगले परिचालन गर्ने तथा आयवृद्धिका अन्य उपायहरुका बारेमा सोच्नै पर्छ । नागरीकहरु समृद्ध भएमा गाउँपालिका पनि समृद्ध हुन सजिलो हुन्छ । गाउँपालिकाभित्र आर्थिक गतिविधिहरु विस्तार भएमा कर, सेवा शुल्क, दस्तुर, बिक्री, रोयल्टी (जलविद्युत) आदिको दायरामा पनि वृद्धि भई गाउँपालिकाको आन्तरीक आयश्रोतमा पनि स्वत: वृद्धि हुने देखिन्छ ।

त्यसका लागि निम्नानुसारका कार्यक्रमहरु यस गाउँपालिकाको लागि प्रस्ताव गर्न सकिन्छ ।

प्राकृतिक श्रोतसाधनको उपयोग :

गाउँपालिकाले शुरु देखिनै उपलब्ध प्राकृतिक श्रोतसाधनहरु जस्तैस् ढुंगा, बालुवा, वनजंगल आदिको वैज्ञानिक र वातावरणमैत्री हिसाबले उपयोग गर्नका लागि योजना बनाउनु पर्छ । यस गाउँपालिकामा आँखु, बुढीगण्डकी, मन्पाङ, काष्टे खोलाहरु रहेको, साबिकको आगिञ्चोक, मुलपानी सल्यानकोट गाविसमा वनजंगलको क्षेत्र उल्लेख्य रहेको हुँदा यी प्राकृतिक श्रोत साधनको शुरुदेखि नै वैज्ञानिक र वातावरणमैत्री हिसाबले वातावरणलाई थप सम्वर्धन गर्ने हिसाबले उपयोग गर्नु पर्छ ।

कृषि (व्यावसायिक तरकारी खेती, फलफूल, दुग्ध उत्पादन, बाख्रापालन) :

यस गाउँपालिकाको प्रमूख आर्थिक गतिविधि तथा जिविकोपार्जनको आधार अझै पनि कृषि रहेको हुँदा यसलाई क्रमशस् व्यावसायीकरण तर्फ लग्नुपर्छ । यसका लागि कृषि समूह, सहकारी संस्थाहरुको स्थापना र क्षमता अभिवृद्धिमा प्रोत्साहित गर्ने ।
–     सुकौराफाँट, ठूलीबेसी, सिउरेनीफाँट जस्ता उर्वरबेंसी क्षेत्रमा व्यावसायिक तरकारी खेती समूह गठन गर्दै तरकारी उत्पादनमा आत्मनिर्भर हुने । जिल्लास्तरमा र त्यसबाहिर समेत तरकारी निर्यातकको पहिचान बनाउने ।
–     यस गाउँपालिकाको होचो भागमा केरा, लिची, आँप, अम्बा तथा उच्च भागमा नासपाती, कागती, आरुबखडा, सुन्तलाखेतीको संभावना रहेको हुँदा यसको व्यावसायिक खेती र बजारिकरणको योजना बनाई कार्यान्वयन गर्ने ।
–     मुलपानी, आगिञ्चोक, सल्यानकोट र त्रिपुरेश्वरका अधिकांश क्षेत्रमा डालेघाँसको उपलब्धता रहेको, कम उर्वर जग्गामा समेत घासँखेती गर्न सकिने हुँदा, कम्तीमा साबिकका प्रत्येक गाविसमा दश दश वटा व्यावसायिक भैंसीपालन, गाईपालन, बाख्रापालन समूहहरु गठन गरि दूध र मासुको उत्पादन बढाउने । आत्मनिर्भरताबाट क्रमशस् निर्याततर्फ उन्मुख हुने । पाँच वर्षभित्र दुग्ध संकलन तथा प्रशोधन केन्द्र र वधशाला तथा मासु प्रशोधन केन्द्रको स्थापना गर्ने ।
–     सल्यानटारमा हुने मास, बेसार, अदुवा, बदाम, शखरखण्ड खेतीको व्यावसायीकरण र बजारीकरण गर्ने ।
–     कफि, रेशम खेतीको संभाव्यताका आधारमा प्रोत्साहन गर्ने ।
–     कुखुरापालन, बंगुरपालन र माछापालनलाई संभाव्यताका आधारमा प्रोत्साहन गर्ने ।
–     कोल्ड स्टोरेज, कृषि बजार केन्द्र लगायतका कृषि पूर्वाधारहरुको व्यवस्था गर्ने ।
–    प्रांगारिक खेतीको प्रवर्धनमा जोड दिने ।

वन व्यवस्थापन :

यस गाउँपालिकाको उल्लेख्य क्षेत्रफलमा भएको वनक्षेत्रको व्यवस्थापन थुप्रै सामुदायिक वन उपभोक्ता समूहहरुले वनसंरक्षणमा महत्वपूर्ण भूमिका निभाएको र यस कार्यलाई निरन्तरता दिंदै  आगामी दिनहरुमा वनपैदावारमा आधारित उपयुक्त वनउद्यमका कार्यहरुलाई समेत प्रोत्साहित गर्ने । वन व्यवस्थापनमा वैज्ञानिक वन व्यवस्थापनका सिद्धान्त अनुसार वनउद्यम, आयआर्जन र जीवनस्तर सुधारसँग जोडेर अगाडि बढाउने । यसले वनपैदावारको सही उपयोग गर्दै रोजगारीका अवसरहरु सिर्जना गर्न र जनताको जीवनस्तर सुधार गर्नमा मदत पुर्याउन सक्छ ।

जलउपयोग :

यस गाउँपालिकाका मूख्य नदीहरु बुढीगण्डकी र आँखुको साथै मन्पाङ, काष्टे, ह्यापिङ खोलाहरु पनि रहेका छन् । बुढीगण्डकी नदीमा जलाशययुक्त जलविद्युत आयोजना सरकारले अगाडि बढाउँदै छ । यस बाहेकका जलश्रोतको सिंचाई, खानेपानी, माइक्रोहाइड्रो तथा अन्य प्रयोजनमा उपयुक्त ढंगले उपयोग गर्नका लागि जल उपयोग गुरुयोजना तयार पारि त्यसको कार्यान्वयन गर्ने ।

साना तथा घरेलु उद्योग:

यस गाउँपालिकामा संभावना बोकेका कृषि, वन तथा स्थानीय श्रम, सीप, साधनमा आधारित, स्थानीय वा बाहिरी बजारको संभावना रहेका साना घरेलु उद्योगहरुको पहिचान गरि त्यसको प्रवर्धन गर्ने ।

भौतिक विकास गुरुयोजना तथा पूर्वाधार विकास
गाउँपालिकाको आर्थिक सामाजिक विकासमा पूर्वाधार विकासको प्रमूख भूमिका रहने हुँदा गाउँपालिकाको भौतिक विकास गुरुयोजना (Physical Development Master Plan) तर्जुमा गर्ने । यस अन्तर्गत पर्न सक्ने केही कुराहरु:
–     गाउँपालिकाको यातायात गुरु योजना तयार पार्ने ।
–     आवश्यक सबै ठाउँहरुमा झोलंगे पुलको व्यवस्था गर्ने ।
–     पाँच वर्षभित्रमा गाउँपालिकाको सबै बस्तीहरुलाई ग्रामीण सडकले जोड्ने ।
–    सल्यानटार, खहरे, अचने, मुलपानी, मुचोक, आगिञ्चोक, सल्यानकोट, बेलुङ जोड्ने सडकहरु सरकारी अनुदान, निजी(सार्वजनिक साझेदारी तथा अन्य उपाय मार्फत् क्रमागत रुपमा कालोपत्रे गर्दै जाने । (दश वर्षभित्र प्रमूख सडक कालोपत्रे गरिसक्ने)
–     गाउँपालिकास्तरको चक्रपथ (सल्यानटार-मुलपानी-मुचोक-सल्यानकोट-त्रिपुरेश्वर-आगिञ्चोक-सल्यानटार)   संभाव्यता अध्ययन गरि कार्यान्वयन गर्ने ।

खानेपानी र सरसफाई
–     गाउँपालिकाको सबै बस्तीमा पाँच वर्षभित्रर खानेपानी सुविधा पुर्या।उने । यसका लागि आवश्यकता अनुसार स्थानीय तथा राष्ट्रिय श्रोत जुटाउने । विशेष गरि सल्यानटारको हकमा राष्ट्रिय स्तरको योजनाको पहल गर्ने ।
–     दुई वर्षभित्रमा गाउँपालिकालाई खुलादिशामुक्त क्षेत्र घोषणा गर्ने ।
–     गाउँपालिकाको बजार क्षेत्र  र घनाबस्तीहरुमा ढलनिकासको प्रबन्ध गर्ने ।

सिंचाई
–     गाउँपालिकाका सबै उर्वर जग्गाहरुमा स्थानीय जलस्रोतको पहिचान गर्दै नियमित र भरपर्दो सिंचाईको व्यवस्था गर्ने । सल्यानटारको हकमा राष्ट्रिय स्तरको योजनाको पहल गर्ने ।

विद्युत
–     राष्ट्रिय प्रसारण लाईन तथा स्थानीय लघुजलविद्युत आयोजनाबाट गाउँपालिकाका सबै बस्तीमा पाँच वर्ष्भित्र विद्युतीकरण गरिसक्ने ।

बस्तीविकास र शहरीकरण
–    गाउँपालिका सदरमुकाम र मूख्य बजार केन्द्रहरुका लागि विस्तृत भौतिक विकास गुरुयोजना तयार पार्ने ।
–     विशेष गरि सल्यानटारको विशालनगर, सुकौराफाँट, खहरे बजार, ठुलीबेंसी, सिउरेनीफाँट (बुढीगण्डकी जलविद्युत आयोजनाले प्रभाव पार्न सक्ने) हाल बस्तीविस्तार भईरहेका क्षेत्र हुन् भने भविष्यमा सल्यानटारको विशेष गरि सानागाउँ देखि पान्धारे डिलसम्म व्यापक बस्ती विकासको संभावना रहेको छ । यसका लागि अहिले देखि नै भूउपयोग नक्शा तयार पार्दै जग्गा विकासरचक्लाबन्दी (Land Development/Land pooling) को कार्यक्रम अगाडि बढाउने ।
–     गाउँपालिकाले यसका लागि आवश्यक Planning Regulation (Zoning and Building Bylaws)  विनियमावलीहरु समेत बनाउने ।
–    गाउँपालिका नै भए पनि अहिले देखि नै भवन आचारसंहिता अनुसार घरनक्शा पासको अनुमति लिनुपर्ने व्यवस्था गर्ने ।
–    बस्ती विकासको संभावना रहेका स्थानमा अहिले देखि नै मूल सडक तथा शाखा सडकहरुको सडक अधिकार सीमा तोकी सडक छेउमा वृक्षारोपणको कार्य अगाडि बढाउने ।
–     बस्तीविकासका लागि प्राथमिकता प्राप्त क्षेत्रका सडकमा कालोपत्रे गर्ने कार्य प्राथमिकतामा राख्ने ।
–    माथि उल्लेखित क्षेत्रका लागि अहिले देखि नै ढल व्यवस्थापन, फोहरमैला व्यवस्थापनका योजना तर्जुमा गरि क्रमश: कार्यान्वयन गर्दै जाने ।
–     सल्यानटारमा आगामी दश वर्षमा २५,००० र बीस वर्षमा ७५ जनसंख्या अटाउने शहरको खाका तयार पारि भविष्यमा नेपालको मध्य पहाडी क्षेत्रको एक प्रमूख शहरको रुपमा विकसित गराउने ।
–     मध्य पहाडी लोकमार्ग समेत सल्यानटार भएर जाँदै गरेको अवस्थामा यसलाई धादिङ र गोरखाको उत्तरी क्षेत्रको प्रमूख बजारकेन्द्रको रुपमा विकसित गर्दै लग्ने ।
–     भूकम्प प्रतिरोधी घररभवनहरु बनाउन सरकारी तथा निजी स्तरमा अनिवार्य गर्ने ।

salyantar

बुढीगण्डकी जलविद्युत आयोजना
–     यस गाउँपालिका बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित हुने एक मूख्य गाउँपालिका भएकोले आयोजनासँग प्रभावित क्षेत्रमा संचालित हुने आर्थिक(सामाजिक विकासका कार्यक्रम तथा आयोजना गतिविधिबाट बढी भन्दा बढी गाउँपालिकावासी तथा प्रभावित जनता लाभान्वित हुने किसिमले संचालन गर्न आयोजनासँग समन्वय गर्ने ।
–     यो आयोजना नेपालकै हालसम्मको ठूलो आयोजना भएको, देशको लगभग मध्य भागमा अवस्थित र यस पूर्व तामाकोशी नदी तथा पश्चिममा मर्स्याङदी नदी बिचसम्मको क्षेत्रमा थुप्रै जलविद्युत आयोजना भएको, बन्दै गरेको, प्रस्तावित आयोजना रहेको तथा राजधानीसँग पनि नजिकै रहेको हुँदा सल्यानटारमा राष्ट्रियरअन्तरराष्ट्रिय स्तरको जलविद्युत अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्नका लागि पहल गर्ने ।

शिक्षा
–     आगामी पाँच वर्षभित्र गाउँपालिकाका प्रत्येक घरधुरीमा स्कूल तह (१०ं+२) शिक्षा प्राप्त व्यक्ति हुनेछन् ।
–     दश वर्षभित्र गाउँपालिकाका प्रत्येक घरधुरीमा स्नातक तह शिक्षा प्राप्त व्यक्ति हुनेछन् ।
–     गाउँपालिकाले निजी(सार्वजनिक साझेदारी समेतको संभावनालाई समेट्दै मध्यम स्तरको प्राविधिक जनशक्ति उत्पादन गर्न प्राविधिक बहुविद्यालय (poly-technique Institute) स्थापना गर्ने ।
–     गाउँपालिकाको उच्चमाविरक्याम्पसहरुमा बहुविषय अध्ययन कार्यक्रम विस्तार गर्दै जाने ।

स्वास्थ्य
–     सल्यानटार माझगाउँको अस्पताललाई विशेषज्ञ सेवायुक्त अस्पतालको रुपमा विकास गर्ने ।
–     गाउँपालिकाको प्रत्येक वडामा स्वास्थ्य सेवा केन्द्रको स्थापना गर्ने ।
–    स्वास्थ्य स्वंयसेविका पर्याप्त उपलब्ध गराउने, स्वास्थ्य जनचेतनामूलक कार्यक्रमहरु पर्याप्त गर्ने ।

पर्यटन र संस्कृति
–     गाउँपालिकाको पर्यटन गुरु योजना तयार पार्ने ।
–     त्रिपुरासुन्दरी भगवतीको सल्यानकोट मन्दिर, त्यहाँबाट देवीलाई सल्यानबेंसी सम्म ल्याउने मार्ग, आगिञ्चोकको सुन्दरीमाईको मन्दिर हुँदै सल्यानटारको पुछार, आँखु-बुढीगण्डकीको संगमस्थल नरसिंह धाम तथा अन्य धार्मिक सांस्कृतिक महत्वका स्थानलाई समेत जोडेर त्रिपुरासुन्दरी धार्मिक(साँस्कृतिक पदमार्गको विकास गर्ने ।
–     सल्यानटारमा कुमाल तथा दरै जातिको सांस्कृतिक संग्रहालयको स्थापना गर्ने र यसलाई माथिको पदमार्गमै समेट्ने ।
–     कुमाल, दरै, नेवार लगायत अन्य जातजातिका सांस्कृतिक परम्पराहरुको संरक्षण र प्रवर्धन गर्ने । यसमा घाटु नाच, लाखे नाच, टाकटुके नाच आदि पनि पर्दछन् । यसको प्रदर्शनका लागि एक सांस्कृतिक हलको व्यवस्था गरेर पर्यटकीय प्रवर्धनका लागि पनि उपयोग गर्न सकिन्छ ।
–     गाउँपालिकाभित्र भएका धार्मिक, सांस्कृतिक सम्पदा, श्रोतहरुको अभिलेख राख्ने, संरक्षण गर्ने तथा तिनको प्रचारप्रसार गरि पर्यटन प्रवर्धनसँग जोड्ने । यसलाई जिल्लास्तर र राष्ट्रियस्तरमा समेत उपयुक्त विधिद्वारा प्रचारप्रसार गर्ने ।
–     यस पदमार्गमा आवश्यक पर्यटन पूर्वाधारहरुको विकास गर्दे जाने । आगिञ्चोक, सल्यानकोट र मुलपानीका उपयुक्त स्थानहरुमा दृश्यावलोकन स्थलको रुपमा विकसित गर्ने तथा त्यस आसपासमा बिस्तारै पर्यटकीय होटल, रिसोर्टहरुको स्थापनाका लागि प्रोत्साहित गर्दे लग्न सकिन्छ ।
–     आरुघाट  र विशालनगर बुढीगण्डकी जलविद्युत आयोजनाले प्रभावित पार्न सक्ने अवस्था भएको अवस्थामा सल्यानटारको सानागाउँ देखि सिकटारसम्मको क्षेत्रलाई Gateway to Manasalu Region बनाउन पर्यटकीय केन्द्रको रुपमा विकास गर्दै लग्ने ।
–     स्थानीय कला, भाषा, साहित्य, संस्कृतिको जगेर्ना उपयुक्त कार्यक्रमहरु ल्याउने ।

खेलकुद
–     सल्यानटारमा दश वर्षभित्रमा १०,००० हजार जना अटाउने रंगशालाको स्थापना गरि गोरखा, धादिङ तथा प्रदेश र राष्ट्रिय स्तर समेतका खेलकुद प्रतियोगिताहरु आयोजना गर्ने ।
–     पोखराको वैकल्पिक स्थानको रुपमा हवाई पर्यटकीय खेलकुद तथा मनोरञ्जनस्थलको रुपमा सल्यानटारलाई विकसित गर्ने ।

वातावरण संरक्षण तथा विपद व्यवस्थापन
–     गाउँपालिकाभित्रका पहिरो, भूक्षय, नदीकटान जस्ता जोखिमयुक्त स्थानहरुको पहिचान गर्दै वातावरणीय संरक्षण, जलाधार व्यवस्थापन तथा विपद व्यवस्थापनका कार्यक्रमहरु अगाडि बढाउने ।

सार्वजनिक जग्गाको पहिचान र संरक्षण
–     गाउँपालिकाभित्र भएका सबै सार्वजनिकरपर्ती जग्गारस्थानहरुको पहिचान तथा अभिलेखिकरण गरि त्यसलाई पार्कको रुपमा विकास गराएर वा अन्य उपयुक्त ढंगले संरक्षण गर्ने । भूमि व्यवस्थापनका कार्यहरु अघि बढाउने ।

महिला, अति गरीब, उत्पिडित, दलित, अपांग, पिछडिएका वर्ग तथा सीमान्तकृत लक्षित कार्यक्रम
–     गाउँपालिकाभित्रका अति गरीब, उत्पिडित, दलित, आदिवासी, अपांग, पिछडिएका वर्ग तथा सीमान्तकृतहरुको पहिचान गरि तिनीहरु लक्षित सशक्तिकरण, क्षमता विकास, लैंगिक समानता र समावेशिकरण, जीवनस्तर सुधार, गरिबी न्युनिकरण तथा सामाजिक विकासका कार्यक्रमहरु तथा महिला, बालबालिका, ज्येष्ठ नागरीकहरुका कल्याणका लागि आवश्यक कार्यक्रमहरु ल्याउने ।

वैदेशिक रोजगारी र विप्रेषण
–     गाउँपालिकाबाट उल्लेख्य संख्यामा युवाहरु वैदेशिक रोजगारीमा गएकोरजाने हुनाले वैदेशिक रोजगारमा जानेहरुका लागि त्यस सम्बन्धि प्रक्रियाको सहजिकरणमा भूमिका खेल्ने ।
–    वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण (Remittance) आयलाई उत्पादनमूलक कार्यमा लगानी गर्न विशेष संयन्त्रको व्यवस्था गर्ने ।

शुशासन र संस्थागत विकास
शुशासन र संस्थागत विकासका हकमा निम्न कार्यहरु गर्न सकिन्छ ।
–   स्थानीय, सरकारी अनुदान तथा अन्य श्रोत समेत जुटाई आधुनिक गाउँपालिका भवन बनाउने ।
–    पाँच वर्षभित्र प्रत्येक वडामा सुविधासम्पन्न वडा कार्यालय भवनहरु बनाई सक्ने ।
–     सार्वजनिक सेवाप्रवाहका लागि शुरु देखि नै विद्युतीय शासन (E-governance) को सोचलाई अवलम्वन गर्ने ।
–     गाउँपालिकाको व्यवस्थित वेवसाइटको बनाई त्यसलाई नियमित रुपमा अद्यावधिक तुल्याउने, आवश्यक सूचना, फर्महरु वेबसाइटमा राखिदिने ।
–     गाउँपालिका सूचना केन्द्रको स्थापना गर्ने । सूचना र अभिलेख व्यवस्थापनको कार्यमा आधुनिक विधिहरु अपनाउने ।
–     गाउँपालिकाको पहलमा सामुदायिक एफएमको स्थापना र संचालन गर्ने ।
–     विकास कार्य र अन्य कार्यमा समेत निजी(सार्वजनिक साझेदारी मार्फत् जनसहभागिता जुटाउने ।
–     गाउँपालिकाको सार्वजनिक सेवा प्रवाहलाई चुस्त दुरुस्त राख्ने ।
–     स्थानीय श्रोत पहिचान र परिचालनमा विशेष जोड दिने ।
–     गाउँपालिकाले अन्य सरकारी विषयगत कार्यालहरुसँग नियमित समन्वय गरि आफ्ना कार्यहरुलाई प्रभावकारी बनाउने ।
–     गाउँपालिकाका कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि पर्याप्त तालीम, प्रशिक्षणहरुको व्यवस्था गरि मानवीय संसाधनको विकासमा जोड दिने ।
–     गाउँपालिका कार्यालयको आफ्नै संस्थागत क्षमता अभिवृद्धि तथा सुदृढीकरणका कार्यहरु संचालन गर्ने ।
–     गाउँपालिकाबाट हुने सम्पूर्ण कार्यका लागि अनुगमन र मूल्याकंनको आवश्यक व्यवस्था गर्ने ।
–     गाउँपालिकाका सम्पूर्ण गतिविधिहरुमा पारदर्शिता र जवाफदेहीपना कायम गराउन समय समयमा सार्वजनिक सुनुवाई लगायतका कार्यक्रमहरु गर्ने ।

यसलाई लिपिबद्ध गर्दै गर्दा विशेष गरि बस्ती विकास र शहरीकरणका विषयमा सुझाव दिनु हुने शहरी विकास विभागका पूर्व महानिर्देशक र शहरी योजनाकार उमेश बहादुर मल्ल र गाउँपालिकाको न्क्ष्क् नक्शा तयार पार्न सहयोग गरिदिनु हुने Environmental Services Nepal (ESN) का पविता गिरीलाई धेरै धन्यवाद दिन चाहन्छु ।

(यी सामाग्रीहरु सार्वजनिक हितका लागि उपयोग गर्न सकिनेछ ।)

सिकटार, त्रिपुरासुन्दरी-२, धादिङ

२०७४ बैशाख २२ गते प्रकाशित

4 thoughts on “त्रिपुरासुन्दरी गाउँपालिका, धादिङको विकासको संम्भावित खाका

  1. निरञ्जन श्रेष्ठज्यू तपाईले जलाशय यु्क्त बुढीगण्डकीको सवालमा प्रभावित तथा पु्न्स्थापित जनताहरुको लागि के-कस्तो कदम चाल्न सकिन्छ ? कसरी व्यवस्थापन गर्ने र रोकिरहेको कामलाई कसरी अगाडी बढाउने साथसाथै आवाज उठाउने सवालमा केहीपनि बुँदागत तथा तथ्यगत कुराहरु केहीपनि उल्लेख गर्ने भएन किन होला ?

    1. बुढीगण्डकी जलविद्युत आयोजनाका बारेमा धेरै कुरा लेख्न छुट्टै लेख चाहिने भएकोले यहाँ धेरै कुरा नलेखिएको हो । फेरि यस आयोजनाबाट प्रभावित बासिन्दाको सवाल त्रिपुरासुन्दरी गाउँपालिकाको दायित्वभित्र मात्र नपर्ने र । राष्ट्रिय स्तरमा नै सम्बोधन गर्नु पर्ने भएकोले यस गाउँपालिकाको विकास खाकामा विस्तृत रुपमा उल्लेख नगरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Copyright © All rights reserved. | Newsphere by AF themes.