Fri. Mar 29th, 2024

संचारकर्मीलाई मानसिक स्वास्थ्यको बारेमा जानकारी

८ असोज, धादिङ–

 

जगतज्योती सामुदायिक विकास समाज धादिङद्धारा धादिङका संचारकर्मीहरुलाई मानसिक स्वास्थ्यको बारेमा जानकारी गराइएर्को छ ।

कार्यक्रममा जिल्ला अस्पताल धादिङका मनरोग विषेशज्ञ डा. ईश्वर पौडेलले मानसिक रोग के हो ?, मनरोग कसरी लाग्छ, मानसिक रोगीको उपचार कसरी गर्नै, लक्ष्यणहरु के के हुन्, र मनरोगलाई कसरी कम गर्ने भन्नेबारे जानकारी दिएका थिए ।

जिल्ला स्वस्थ्य कार्यलय धादिङका अनुसार धादिङ जिल्लामा आर्थिक बर्ष ०७३÷७४ मा २ सय ५ जना दिग्दारीपन, २ सय ९ जनामा छारेरोग, २ सय ८ जना डर लागिरहने मनोरागी, ९९ जना टाउको दुख्ने मनोरोगी रहेका छन् ।

त्यस्तै ७१ जना रक्सीको लतमा फसेका, ४३ जना भ्रम मानसिकता, २० जना पागलपन भएका, ९ जना सुस्तमनोस्थिति भएका, ९४ जना हिस्टेरियाको रोगी र बिद्यालयका २३० जना बिद्यार्थीहरुमा मास हिस्टेरिया देखिएको जिल्ला स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य निरिक्षक बिष्णु रिजालले जानकारी दिए ।

संस्थाले धादिङको त्रिपूरासुन्दरी गाउँपालिका र ज्वालामुखी गाउँपालिकामा मनोरोगीहरुलाई स्वास्थ्यसेवा दिदै आएको संस्थाका कार्यक्रम संयोजक रमा भट्टराईले बताए ।

 

२०७४ असोज ८ गते प्रकाशित

 

About The Author

Loading...

अन्य समाचारहरु: