Fri. Apr 26th, 2024

सुरक्षाकर्मीको गोली लागि नौ जनाको मृत्यु


९ जेठ,  भारत –

भारतको दक्षिणी राज्य तामिल नाडुमा तामा खानी बन्द गर्न भन्दै विगत तीन महिनादेखि जारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागि कम्तीमा नौ जनाको मृत्यु भएका र अन्य २० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रशासनले घटनामा कति जनाको मृत्यु भएको भन्ने विषयलाई पुष्टि गरिसकेको छैन । यद्यपि स्थानीय मन्त्री डि जयाकूमारले सञ्चारमाध्यमसँग कुराकानी गर्दै घटनाबारे बिस्तृत विवरण नआइसकेको बताए ।सरकारले घटनामा मृत्यु भएका नागरिकका आफन्तलाई राहतको व्यवस्था गर्नुपर्छ र गर्नेछ । घाइते सबैको उपचार खर्च पनि सरकारले व्यहोर्ने उनले बताए ।

मन्त्री डि जयकूमारका अनुसार करिब २० हजार आन्दोलनकारीको समूहले एक्कासी हिंसात्मक गतिविधि चलाएपछि प्रहरीले बल प्रयोग गर्नु परेको बताए । स्थानीय नागरिकहरूले आफ्नो क्षेत्रमा सञ्चालनमा रहेको खानीको लाईसेन्स अर्को २५ वर्षका लागि नवीकरण गर्न लागेको थाहापाएपछि आन्दोलन शुरु गरेका बताइएको छ ।

‘स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्नुको कुनै विकल्प थिएन’, मन्त्री जयकूमारले भने । विगत तीन महिनादेखि जारी आन्दोलन विगत केही दिन यता उग्र बनिरहेको थियो ।राज्यको प्रमुख प्रतिपक्षी दल डिएमके पार्टीले स्थानीयको चासोलाई सम्बोधन गर्न असफल भएको भनी सरकारको आलोचना गरे । विपक्षी नेता एम के स्टालिनले सञ्चारकर्मीसँग भने, ‘जनचासोको विषयलाई सम्बोधन गर्न खानीलाई बन्द गर्नु पर्छ ।’

२०७५ जेठ ९ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: