Mon. Jun 17th, 2019

Pabil News

Dhading Media

बेनिघाटको हुग्दीखोला पुलबाट ट्रक खस्यो, तीन जना घाईते

९ जेठ,  धादिङ –

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० मा रहेको हुग्दी खोला पुलबाट ट्रक तल खसेको छ ।

ट्रक खस्दाँ तीन जना घाईते भएका छन् घाईते मध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

काठमाण्डौबाट चितवन तर्फ जाँदै गरेको ना ५ ख १५६८ नं को ट्रक बुधबार बिहान तीब्र गतिका कारण खोलामा खसेको हो । घाईतेको स्थानीय स्वास्थ्यसंस्थामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

२०७५ जेठ ९ गते प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Copyright © All rights reserved. | Newsphere by AF themes.