Fri. Mar 29th, 2024

उत्तरी धादिङको ९ विद्यालयमा पक्की भवन

११ जेठ,  धादिङ –

भूकम्पले क्षतिग्रस्त उत्तरी धादिङका ९ विद्यालयमा पक्की भवन निर्माण गरिएको छ । जिल्लाको खनियाबास गाउँपालिका वडा नं १ र २ मा रहेको ९ वटा विद्यालयमा पक्की भवन निर्माण गरिएको हो ।

खुल्ला चौर र भूकम्पले भत्काएको विद्यालय भवनमा कठिनपूर्ण रुपमा पढ्दै आइरहेका विद्यार्थीलाई मध्यनजर गरेर युनाइटेड मिसन टु नेपाल धादिङको साझेदारीमा हिमालय सामुदायिक मुक्ति समाज हिम्स नेपालले पक्की भवन निर्माण गरिएको छ ।

सिंगलादेबी मावि, झार्लाङ मावि, बेन्दिदेवी नि मावि, पवित्र आधारभूत विद्यालय, नेरकोमा आधारभूत विद्यालय, लेकाली आधारभूत, टाँसी आधारभूत र कुण्डदेवी आधारभूत विद्यालयको पक्की भवन बनेसँगै विद्यार्थीहरुले सुरक्षित रुपमा पढ्न पाउने भएका छन् । यी विद्यालयमा कुल ३ करोड ४ लाख २२ हजारको लागतमा युनाइटेड मिसन टु नेपालको सहयोगमा हिम्स नेपालले विद्यालय भवन निर्माण गरिएको हिम्स नेपालका अध्यक्ष जीवन लामाले जानकारी दिए ।

जिल्लाको उत्तरी क्षेत्रको दुर्गममा पर्ने री, शेर्तुङ र तिप्लिङमा ८ वटा विद्यालयमा १८ वटा विद्यालय भवन निर्माण भइरहेको छ । ती क्षेत्रमा जान सदरमुकामबाट तीन दिनको पैदल यात्रा पार गर्नुपर्ने हुन्छ । दार्खाको डुन्डुरेसम्म गाडी पुग्छ भने त्यहाँबाट सामान बोकेर लैजानुपर्ने हुन्छ । विद्यालय भवन नहुदाँ पठनपाठनमा प्रभावित भएपछि स्थानीय आफैले दुई, तीन दिन लगाएर निर्माण सामग्री बोकेर विद्यालय निर्माणमा जुटेका छन् ।

२०७५ जेठ ११ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: