Fri. Mar 29th, 2024

मोबाइल म्यानेजमेन्टमा अत्याधुनिक प्रविधि भित्र्याउँदै नेपाल

२९ जेठ, काठमाडौं

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम -एमडीएमएस)का लागि १३ विदेशी कम्पनीले इच्छा देखाएका छन् । झण्डै एक अर्ब लगानीमा विकास तथा सञ्चालन गर्न लागिएको यो सिसटमका लागि नेपाल दुरसञ्चार प्राधिरकणले आशयपत्र मागेको थियो ।

मोबाइलको ब्यापर प्रयोग ब्यापक दरमा बढ्दै गएपछि सरकारले सेटलाई नै नियमन गर्ने गरी यो सिसटम तयार गर्न लागेको हो । विदेशमा प्रयोगमा रहे पनि नेपालमा यसप्रकारको सिस्टम प्रयोगमा आएको छैन ।

मोबाइलको आयातलाई नियन्त्रणमा पनि यो सिस्टम उपयोगी हुनेछ । अवैध रुपमा आयात भएका मोबाइललाई ब्लक गर्न सकिने गरी यो सिस्टम तयार गरिनेछ ।
सँगै आपराधिक गतिविधिमा प्रयोग भएका मोबाइको ‘ट्र्यास’ गर्न पनि यो प्रविधिको प्रयोग गरिनेछ । अहिले मोबाइल सेट आईएमईआई नम्बरमा नै यो सिस्टम आधारित हुनेछ । आईएमईआईका आधारमा मोबाइल सेटहरुको अवैध आयात र दुरुपयोग रोक्ने गरी यो सिस्टम विकास हुनेछ ।

अहिले यो सिस्टमका लागि आशयपत्र हालेका १३ मध्ये ६ वटालाई सर्ट लिस्टमा राखिनेछ । ६ वटासँग आर्थिक तथा प्राविधिक प्रस्ताव मागिनेछ । उत्कृष्ट प्रस्ताव गर्ने कम्पनीलाई यसको ठेक्का आवार्ड गरिनेछ ।

जिम्मा दिएको ४ देखि ६ महिनामा कम्पनीले सिस्टम सबै अपरेटरहरुको सिस्टममा जोड्नेछ । सो कम्पनीले ५ वर्षसम्म यो सिस्टम सञ्चालन तथा व्यवस्थापन पनि गर्नेछ ।

यो सिसटम लागू भएपछि मोबाइल चोरीको समस्याहरु हट्ने दावी प्राधिकरणको छ । चोरी भएका मोबाइल कहाँ-कसले प्रयोग प्रयोग गरिरहेको छ भन्ने कुरा सजिलै पत्ता लाग्ने आर्यालले बताए । हराएका मोबाइल सेट खोज्न पनि सहज हुनेछ ।

२०७५ जेठ २९ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: