Fri. Mar 29th, 2024

धादिङको बेनिघाटमा ढुङगाले लागेर एकको मृत्यु , दुई घाईते

१७ साउन, धादिङ –

धादिङ्गको बेनिघाट रोराङ्ग गाउपालिका वडा नं १० लहिटारमा पहिरोको ढुङ्गा गुडेर घरमा लाग्दा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

ग्रामिण सडक वर्षातका कारण पहिरीएको र सोही पहिरोबाट आएको ढुङ्गा घरको छानोबाट भित्र गुल्टिएर आउदा १२ वर्षीय रमेश चेपाङको मृत्यु भएको छ भने ११ वर्षीय सुश्मा चेपाङ्ग र बर्ष १४ का दिनेश चेपाङ्ग घाईते भएका छन् ।

घाईतेहरुको काठमाडौ ट्रमा सेन्टरमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ । मृतक रमेश चेपाङ्ग र घाईते दुबै हिरा चेपाङ्गका छोरा, छोरी हुन् ।

२०७५ साउन १७ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: