Mon. Jun 17th, 2019

Pabil News

Dhading Media

बुढीगण्डकी प्रभावितद्धारा प्रति आना २५ लाख माग


६ असोज, धादिङ–

बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावितहरुले आफ्नो जग्गा जमिनको मुआब्जा विशिष्ट पहिचान तथा विशेषतालाई सम्बोधन गरी ठाउँ हेरेर ५ लाखदेखि २५ लाखसम्म हुनुपर्ने माग राखेका छन् । राष्ट्रिय जीवनमा सर्वाङ्गीण दृष्टिले महत्व राख्ने बुढीगण्डकी जलविद्युत आयोजनाका कारण भविष्यमा महानगरको सम्भावना बोकेको धादिङ र गोरखाकै व्यापारको मुटु आरुघाट, आर्खेत, खहरे र विशालनगरको मुआब्जा निर्धारण नभएको भन्दै न्यायोचित मुल्य निर्धारण हुनु पर्ने बताएका छन् ।

मध्य पहाडी लोकमार्गको केन्द्र, चिनको तिब्बत छिचोल्ने नेपालको सबै भन्दा छोटो दुरिको मार्ग, आरुघाटलाई केन्द्र विन्दु बनाएर धादिङ र गोरखाको साविकको ४० गाविसहरुमा आवत जावत गर्ने केन्द्र, बैङ्क तथा वित्तिय संघ संस्था, विद्यालय तथा व्यापारिक दृष्टिले सबल, धार्मिक महत्व बोकेको मठमन्दिर तथा देवालय रहेका पर्यटकिय स्थल जस्ता कारण देखाउदै आनाकै २५ लाख रकमसम्म मुआब्जा निर्धारण गरिनु पर्ने प्रभावितहरुले बताएका छन् । धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेलाई शुक्रबार ज्ञापन पत्र बुझाउदै सरकारले मुआब्जा तोक्न ढिलाई गरेकोमा आपत्ति समेत जनाएका हुन् ।

लामो समय कुर्दा पनि सरकारले वेवास्ता गरेको बुढी गण्डकी जल विद्युत आयोजना सरोकार समितिका संयोजक दिनेशकुमार ढकालले बताए । अरु प्रभावितहरुले मुआब्जा लिएर व्यवस्थित भैसके हाम्रो भने मुआब्जा नै तोकिएको छैन । उनले भने– मुआब्जा छिट्टै पाइन्छ भनेको महिनौ भइसक्यो । अहिले आश मात्रै भयो । मुआब्जा पाउनु त परको कुरा, कति पाइन्छ भन्ने टुङ्गो समेत लागेन । कति पर्खिनु ? सरकारलाई अप्ठ्यारो बनाउने हाम्रो मनसाय होइन तर हामीलाई पनि त न्याय चाहियो नि उनले बताए । सरकारले हामी प्रभावितहरुको आशा र भरोसा अनुसार मुआब्जा मुल्याङ्कन सहि ढङ्गले तोकिएन भने विद्रोह गर्न आन्दोलनमा उत्रने उनको भनाई छ । यस अघि गोरखाका प्रमुख जिल्ला अधिकारी र बुढीगण्डकी जलविद्युत आयोजनामा ज्ञापन पत्र बुझाइसकेको उनले बताए ।

मुआब्जा नतोकिएका कारण भुकम्पपछिको पुननिर्माणमा समेत समस्या भएको प्रभावितहरुले बताएका छन् । अन्यत्र जाउँ भने मुआब्जा तोकिएको छैन । पैसा कहिले आउने हो पत्तै छैन । त्रिपुरासुन्दरी गाउँपालिका २ आँरुघाट धादिङका गोपाल श्रेष्ठले बताए । घर बनाउँ भने भत्किन्छ अन्यत्र बसाई सर्नु पर्छ भन्ने थाहा छ, कसरी बनाउँ । नबनाउँ भनेँ कतिन्जेल समस्याको भूमरीमा पैठेजोरी खेल्नु । अस्तव्यस्त टहराको बसाइले हैरानी भएको उनले दुखेसो पोखे । त्यस्तैगरी, सरकारको लापारवाहीको कारण मर्का परेको आरुघाटकै कमल नारायण श्रेष्ठले बताए । एका तिर वर्षाैदेखि वस्दै आएको थातथलो छाड्नु पर्ने पिर, अर्काे तर्फ सरकारले मुआब्जा नतोकेर आलो घाउमा नुन चुक दलिरहेको उनले बताए ।

२०७५ असोज ६ गते प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Copyright © All rights reserved. | Newsphere by AF themes.