Fri. Mar 29th, 2024

रेडियो राजमार्ग आठौँ वर्षमा प्रवेश


११ असोज, धादिङ –

धादिङको धुनीबेसी नगरपालिका –६ धार्केबाट प्रशारण भइरहेको रेडियो राजमार्ग ९२.१ मेगाहर्ज आठौँ वर्षमा प्रवेश गरेको छ । २०६८ साल असोज ११ गतेको घटस्थापनाको दिन देखि परिक्षण प्रशारण थालेको रेडियो बिहिबारदेखि सातौँ वर्ष पूरा गरेर आठौँ वर्षमा प्रवेश गरेको हो ।

राजमार्ग सामुदायिक सञ्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग नेपालमै पहिलोपटक राजमार्गका यात्रु, चालक र अन्य सडक प्रयोगकर्ताको चासो र सरोकारका विषय समेटिने गरी रेडियो राजमार्गको प्रसारण सुरु भएको थियो । सुरुका दिनमा १५ घण्टा प्रसारण भएको रेडियो अहिले बिहान ५ बजे देखि रातको १० बजे सम्म १७ घण्टा प्रसारण हुँदै आएको रेडियोले सडक सन्देश र खबरका साथै शिक्षा, स्वास्थ्य, मनोरञ्जन, धर्म, संस्कृति, आदिवासी जनजाति, दलित, महिलाका सवालमा समाचार र कार्यक्रम प्रशारण गर्दै आएको छ ।

धादिङको धुनिबेशी ६ धार्केमा स्टेशन र गल्छि गाउँपालिकाको रानीमालामा प्रसारण केन्द्र रहेको रेडियोले सडक र सडकसँग सम्बन्धित विषयवस्तुमा केन्द्रित हुँदै आएको छ । सूचना तथा सञ्चार मन्त्रालयको अनुमतिमा अमेरिकाको नटेल कम्पनीको ट्रान्समिटर मार्फत नेपालमै पहिलोपल्ट रेडियो डाटा सिस्टम (आरडिएस) प्रविधिको प्रयोग गरेको रेडियोले पछिल्लो समय रेडियो राजमार्ग नामक आफ्नै मोबाईल एप्स पनि निर्माण गरि सार्वजनिक गरिसकेको छ ।

राजमार्गको यात्रामा समाचार, सूचना र सङिगतका लागि रेडियो राजमार्ग सबैको प्रिय बनेको छ । पछिल्लो समय समाचार र कार्यक्रममा परिष्कृत र परिमार्जित गर्दै आएको रेडियो राजमार्गले रसुवाको रेडियो लाङटाङ सँग पनि सहकार्य गरी अघि बढेको छ । रेडियो, ९२.१ मेगाहर्जबाट प्रत्यक्ष, अनलाईन प्रसारण र मोबाईल एप्स बाट पनि सुन्न सकिने व्यवस्था रहेको छ ।

राजमार्गको सूचना, शिक्षा र सडक उपयोगको विषयमा नागरिक सवालका विभिन्न पक्षमा सहकार्य गर्दै अघि बढ्ने स्टेशन म्यानेजर रामबहादुर ठकुरी (आशिष) ठकुरीले बताए । एक सय वाट क्षमता रहेको रेडियोले धादिङ लगायत नुवाकोट, रसुवा, मकवानपुर, चितवन र गोरखा जिल्लाका स्रोतालाई लक्षित गरी कार्यक्रम उत्पादन तथा प्रशारण गर्दै आएको छ ।

२०७५ असोज ११ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: