Thu. Apr 18th, 2024

साना किसान कृषि सहकारी संघ धादिङको १८ औ साधारणशभा

२१ असोज, धादिङ –

साना किसान कृषि सहकारी संघ लिमिटेड धादिङको १८ औ बार्षिक साधारणशभा सम्पन्न भएको छ । नेपाल सरकार तथा कृषि विकास बैंक मार्फत साना किसान विकास आयोजनाको रुपमा संस्थागत विकास भएको यस सँस्थाको साधारणसभा भएकोे हो ।

यस संघ अन्तर्गत ५८ वटा सानाकिसान कृषि सहकारी र अन्य सस्थाहरुमा ४३ हजार भन्दा माथि शेयर सदस्यहरु रहेका छन् । जसमध्ये ७० प्रतिशत महिला सदश्यहरु रहेका छन् ।
धादिङ जिल्लामा ५ करोड भन्दा माथि कारोबार गर्ने २८ वटा सहकारीमा यस संघमा आवद्ध १९ वटा सस्थाले ५ करोड बढि कारोबार गरेका छन् ।

यस सानाकिसान कृषि सहकारी संघ लिमिटेडले २ करोडको कारोबार गर्दै आईरहेको छ । सहकारीहरुको शेयर रकम २२ करोड ८७ लाख ६८ हजार भईसकेको छ , त्यस्तै आन्तरीक पुँजी स्रोतको रुपमा एक अर्ब भन्दा माथि रहेको सस्थाका अध्यक्ष रंग प्रसाद थपलियाले बताए ।

कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेडका अध्यक्ष खेमबहादुर पाठकले ग्रामिण स्तरमा कृषिको माध्यमबाट किसानहरुको जिवनस्तर उकास्ने उदेश्यले कृषि उतपादन तथा बजारीकरणका कार्यक्रममा विशेष जोड दिएको बताएका छन् । यसैगरी उनले आगामी दिनमा संघले यस क्षेत्रका कृषि सहकारीहरुलाई अझ शसक्त र दिगो बनाउन किसानहरुलाई व्यवसायिक कृषक बनाउन उल्लेखनिय भुमिका खेल्नुपर्ने बताए ।

साना किसान सहकारी कृषि सहकारी संघका अध्यक्ष रंग प्रसाद थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेडका अध्यक्ष खेमबहादुर पाठकको प्रमुख आतिथ्य रहेको थियो ।

२०७५ असोज २१ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: