Fri. Mar 29th, 2024

पेट्रोल र डिजेलको मूल्य घट्यो


१७ मंसिर, धादिङ –

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

निगमको सोमवार साँझ बसेको सञ्चालक समिति बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटाएको प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।

मूल्य घटेसँगै पेट्रोल प्रतिलिटर ११२ र डिजेलरमट्टितेल ९९ रुपैयाँ कायम भएको छ। समायोजन गरिएको मूल्य सोमवार राति १२ बजेबाट लागु हुनेछ। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ।

अन्तर्राष्ट्रिय बजारमा गिरावट आएको र अमेरिकी डलरसँग नेपाली मुद्रा केही बलियो भएको कारण मूल्य समायोजन गरिएको प्रवक्ता गोइतले बताए।

२०७५ मंसिर १७ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: