Fri. Mar 29th, 2024

धादिङको हुग्दीखोलामा बस दुर्घटना हुदाँ १ जनाको मृत्यु, १ घाईते


२९ पुस, धादिङ –

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका –९, हुग्दीखोलामा यात्रुबहाक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकबाट बर्दिया तर्फ जादै गरेको बा २ ख ४६८३ नम्बरको यात्रु बाहक बस आइतबार बिहान आफै अनियन्त्रित भई पुलको बाँया साईडमा पल्टिएको हो । दुर्घटनामा बर्दिया सेरुवा गाउँपालिका –२ बस्ने १८ वर्षका नरेन्द्र थारु चौधरीका मृत्यु भएको छ ।

बाँया खुट्टामा गम्भिर चोट लागेका उनको उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा सोही ठाउँ बस्ने बल बहादुर चौधरी घाईते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । बसमा ३९ जना यात्रु सवार थिए ।

२०७५ पुस २९ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: