Mon. Jun 17th, 2019

Pabil News

Dhading Media

देवघाटमा माघे संक्रान्ति मेला सुरु

३० पुस, चितवन

चितवन, नवलपुर र तनहुँको संगम देवघाटमा माघे संंक्रान्ति मेला सुरु भएको छ । बेनीमा सोमबार बिहान बाँसको लिङ्गो गाडेपछि माघे संक्रान्ति मेला सुरु भएको हो ।देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बिहान ९ बजे बेनीमा बाँसको लिङ्गो ठड्याएर विधिवत रुपमा मेलाको उद्घाटन गरिएको जानकारी दिए ।

मेलाको उद्घाटनमा गलेश्वर आश्रमका पिठाधीश महामण्डलेश्वर आत्मानन्द गिरी, महेश सन्यास आश्रमका पिठाधीश रमाणानान्द गिरी, हरिहर सन्यास आश्रमका पिठाधीश ज्ञानानन्द सरस्वती, वेदस्त साधना कुटिरस्कीका कृष्णानन्द सरस्वतीलगायतका विशिष्ठ व्यक्ति उपस्थित रहेको पौडेलले जानकारी दिए ।

सोमबार विहानैबाट देवघाटमा देश विदेशका विभिन्न ठाँउबाट भक्तजनहरु आउने क्रम सुरु भएको छ । सोमबार राति धाममा करिब दुई लाख ५० हजार भक्तजन दीप प्रज्वलन गरी भजनकीर्तनमा सरिक हुने अनुमान छ ।

साँझमा मेला भर्न आउने संख्या अधिक हुन्छ । देवघाट आउने सवारीसाधनलाई ठिमुरा, रामनगर र दासढुङ्गाबाट आउने व्यवस्था मिलाइएको छ । ती सवारी र्फकँदा आँपटारी हुँदै र्फकनेछन् । सवारीको पार्किङ्, विद्युत, शौचालय, सरसफाइ, खानेपानीलगायतको व्यवस्था भइसकेको छ ।स्वदेशी तथा विदेशी पाँच लाखभन्दा बढी तीर्थालु भक्तजन भित्रिने सो मेला देवघाट क्षेत्र विकास समितिले व्यवस्थापन गर्दै आएको छ ।

आपतकालीन उद्धारका लागि सशस्त्र प्रहरी तयारी अवस्थामा रहनेछन् भने डुङ्गासहितको उद्धार टोली तैनाथ गरिने छ ।चितवन र तनहुँ जोड्ने झोलुङ्गे पुलको मर्मत सम्भार गरिएको छ । पुलमा लामबद्ध भएर जान र आउनका लागि स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरिने कार्यकारी निर्देशक घिमिरले बताए । नदीको नुहाउन मिल्ने ठाउँ पहिचान गरी सिमाङ्कन गरिएको छ ।

२०७५ पुस ३० गते प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Copyright © All rights reserved. | Newsphere by AF themes.