Fri. Mar 29th, 2024

धादिङको चोतेसमा रहेका चेपाङहरुलाई न्यानो कपडा वितरण


३० पुस, धादिङ –

धादिङको बेनिघाट रोराङ गाउँपालिका २ चोतेसमा रहेका चेपाङहरुलाई न्यानो कपडा वितरण गरिएको छ । गरिबी तथा आर्थिक अवस्था कमजोर भएका कारण कठ्याग्रिदो जाँडोमा समेत न्यानो कपडा लगाउन नपाएका चेपाङहरुलाई वितरण गरिएको हो ।

चोतेसमा रहेको बागेश्वरी आधारभूत विद्यालयमा अध्ययनरत ५५ जना बालबालिकाहरुलाई स्कुल ड्रेस, जुत्ता, व्याग, स्वीटर, तथा स्टेशनरीका सामानहरु प्रदान गरिएको छ ।

कार्यक्रमको अवसर पारेर ९० वर्षको एकल पुरुष गुराउ चेपाङ, ७५ वर्षीय एकल महिला कान्छीमाया चेपाङ, ३५ वर्षीय एकल महिला पूर्णिमाया चेपाङ, ३५ वर्षीय रिता चेपाङ, ३८ वर्षीय दिलबहादुर चेपाङ र कक्षा ४ मा अध्ययनरत अभिभावक नभएका सृजना चेपाङ, मलद्धार र पिसाब एकै ठाउँबाट निस्कने ८ वर्षीय राममाया चेपाङलाई स्कुल ड्रेस, जुत्ता, व्याग, स्वीटर, सिरक, स्टेशनरी, खाद्यन्न सामग्रीहरु प्रदान गरिएको छ ।

रोटरी क्लब अफ न्यूयोर्क क्वीन्स, रोटरी क्लब अफ महाराजगंज, एगबोसा काठमाडौँ, पौरखी नेपाल र सकारात्मक प्ररण अभियानको सहकार्यमा एक कार्यक्रमको आयोजना गरि वितरण गरिएको हो । साथै बिरामी राममाया चेपाङलाई औषधि उपचारको लागि काठमाडौँ समेत लगिएको छ ।

२०७५ पुस ३० गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: