Fri. Mar 29th, 2024

के विवाह गर्नैपर्छ ?

‘अहो, बिहे गर्ने बेला भएन र ?’ उमेर चढ्दै गएपछि अक्सर युवायुवतीले झेल्ने प्रश्न हो यो । यसको स्पष्ट आशय के बुझिन्छ भने, निश्चित उमेर भएपछि विवाह गर्नैपर्छ ।

विवाह एक सामाजिक परम्परा हो । त्यसैले विवाहले सामाजिक मूल्य र मान्यता राख्छ । हामीकहाँ के सोचाई छ भने, जिन्दगी चलाउन विवाह गर्नुपर्छ । विवाहपछि जब एक पुरुष र महिला एकाकार हुन्छन्, उनीहरु दाम्पत्य जीवनमा प्रवेश गर्छन् । दाम्पत्य जीवनपछि नै कुनै पुरुष र महिला खुला रुपमा एकाकार हुन पाउने मान्यता छ । उनीहरुले आफ्नै घरबार सुरु गर्छन् । बालबच्चा जन्माउँछन् । एक हिसाबले यो सृष्टिको निरन्तरता पनि हो । हरेकजसो समुदायको आ-आफ्नै विवाह संस्कार छ ।

अर्कोतिर हामी व्रम्हाचार्यको पनि कुरा गर्छौं । यो भनेको विवाह तथा कुनैपनि किसिमको मैथुन क्रियाबाट पूर्णत अलग गरेर रहने जीवनशैली हो । त्यसैले विवाह गर्नैपर्छ भन्ने धारणमाथि प्रश्न उठाउने ठाउँ छ ।

विवाह नगर्दा के हुन्छ ? यो प्रश्न पनि अस्वभाविक छैन । विवाह गर्नु र नगर्नु कुनैपनि व्यक्तिको नितान्त व्यक्तिगत रोजाई हुन् । उनको जन्मजात अधिकार हो । त्यसैले विवाहको सन्दर्भमा समाजभित्र अनेक मतभेत देखिन्छ ।

विवाह प्रतिको हाम्रो धारणा फरक हुनुमा हाम्रो धर्म,संस्कृति तथा लालनपालनले पनि महत्वपूर्ण भूमिका खेल्ने गर्छ ।

त्यसैले, त विवाह सम्बन्धी हाम्रो धारणामा पहिले र अहिलेमा आकास-जमिन बीचको फरक छ । यद्यपी, धेरै व्यक्तिहरु अहिले पनि विवाहलाई कानुनी, सामाजिक र धार्मिक मान्यतासित जोडेर हेर्छन् ।

उनीहरु सोच्छन्, धार्मिक मान्यता अनुसार दुई व्यक्ति एउटा बन्धनमा बाधिनु नै विवाह हो । जसमा दुई व्यक्ति शारीरीक , मानसिक तथा भावनात्मक रुपले एक अर्काप्रति समाहित हुने गर्छन् । उनीह बीच एक आपसमा सहमति हुने गर्छ । जसले उनीहरुलाई जीवनभर एकअर्काप्रति समर्पित भएर बाच्न सहयोग पुर्‍याउँछ ।

२०७५ फागुन १ गते प्रकाशित

About The Author

Loading...