Wed. Jun 26th, 2019

Pabil News

Dhading Media

कास्मिरको आतंकवादी हमलामा ४० सुरक्षाकर्मीको मृत्यु

३ फागुन, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारतको जम्मु–कास्मिरमा भएको आतंकवादी हमलाको भत्र्सना गर्दै दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार साँझ भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन सम्पर्क गर्दै घटनाप्रति दुःख एवं मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले एक ट्वीट गर्दै भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन सम्पर्क गरेर कास्मिर घटनाको भत्र्सना एवं दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गरेको जनाएका छन् ।

कास्मिरको पुलवालामा बिहीबार दिउँसो जैस–ए–मोहम्मद नामक आतंकवादी समूहले विस्फोटक पदार्थले भरिएको गाडी भारतीय सेन्ट्रल रिजर्भ पुलिस फोर्स चढेको गाडीमा लगेर ठोक्काएका थिए । जसमा ४० भन्दा बढी सुरक्षाकर्मी सवार थिए ।

२०७५ फागुन ३ गते प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Copyright © All rights reserved. | Newsphere by AF themes.