Fri. Mar 29th, 2024

धादिङको गजुरीमा खानेपानीको समस्या ,मुहान एक विवाद अनेक

६ फागुन, धादिङ –

जलवायु परिवर्तनले पानीको मुहान सुक्दै गएपछि धादिङको गजुरीमा स्थानीय बासिन्दाबीच खानेपानीको विवाद बढेको छ । खानेपानीका मुहान सुक्ने क्रम बढ्दै गएपछि पानीको अभाव हुन गई मुहानबाट पानी लैजाने विषयमा स्थानीय बासिन्दाबीच विवाद चर्कंदै गएको छ ।

एउटै खानेपानीको मुहान दुईवटा गाउँलाई दर्ता भएपछि धादिङको गजुरी गाउँपालिका ५ र ६ नम्बरका स्थानियहरु विवादित बनेका हुन् ।
तुक्बीवाङ खोला मुहान अन्तर्गत पिडा खानेपानी आयोजना विधिवत् कानुनी रुपमा दर्ता भई काम सुरु गर्ने क्रममा उक्त मुहान राम्चे खानेपानी आयोजना पनि दर्ता भएको पाईएपछि विवाद बनेको हो ।

भिन्दै गाउँ ,खानेपानीको समस्या उत्पन्न भएपछि स्थानियहरु गाउँपलिकामा विवाद मिलाईदिन भन्दै अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् ।
जनतालले शुद्ध पिउने पानी प्रयोग गर्न पाउनुर्पे र जनताको मौलीक हकलाई समेत कुल्चिएर सरकारले सुनुवाई नगरेको भन्दै आरोप लगाएका छन् ।

तुक्बीवाङ खोलमा रहेको उक्त मुहान पिडा खानेपानीको दर्ता कायम गरी खानेपानी उपलब्ध गराउने व्यवस्था गर्न गाउँपालिकालाई अनुरोध गरेको अध्यक्ष दिनेश भण्डारीले बताए । गाउँपालिकाले योजना निर्माणको क्रममा विवाद आएकाले दुवै पक्षबीच छलफल गरी समाधानका लागि पहल गरिने जनाइएको छ ।

२०७५ फागुन ६ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: