Wed. Jun 26th, 2019

Pabil News

Dhading Media

धादिङमा प्रहरीसंग एक दिन कार्यक्रम सुरु

१० फागुन, धादिङ

जिल्ला प्रहरी कार्यालय धादिङले आजदेखि प्रहरीसंग एक दिन कार्यक्रम सुरु गरेको छ । समुदाय प्रहरी साझेदारी विद्यालय सम्पर्क समिती अन्तर्गत विद्यालयका विद्यार्थी शिक्षकहरु संग प्रहरी संग एक दिन कार्यक्रम संचालन गरेको हो ।

कार्यक्रममा विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यलयमा हुने विभिन्न गतिवीधीहरु प्रहरीले गर्ने कामहरुको बारेमा विद्यार्थीहरुलाई जानकारी गराएको थियो ।
आजबाट संचालन भएको कार्यक्रममा सदरमुकाममा रहेको बालमन्दिर माध्यमिक विद्यालयलाई सहभागि गराएको थियो ।

जिल्लामा रहेका विभिन्न विद्यालयहरुसंग प्रहरीसंग साझेदारी गरी विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने काममा लाग्ने प्रहरी उपरिक्षक राजकुमार बैदवारले बताए । यसैगरी जिल्लाका सम्पुर्ण विद्यालयहरुमा पाएक पर्ने चौकीहरुमा यस्ता कार्यक्रमहरु गरिने बताए ।
कार्यक्रममा विपत व्यवस्थापनमा प्रहरीले कसरी उद्दार गर्छ ट्राफिक नियम पालना गर्दा कस्ता कस्ता कुराहरुमा ध्यान दिनुपर्छ र प्रहरी संचारको विषयमा जानकारी गराएको थियो ।

२०७४ फागुन १० गते प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Copyright © All rights reserved. | Newsphere by AF themes.