Fri. Mar 29th, 2024

दार्चुलामा जीप दुर्घटना हुदाँ ११ जनाको मृत्यु


१७ फागुन, दार्चुला–

दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार मृत्यु हुनेमा सात महिला, तीन पुरुष र एक बालिका रहेका छन् । मृतकको सनाखत हुन सकेको छैन । सदरमुकाम खलङ्गाबाट हिकिलातर्फ गइरहेको म१ज २८० नम्बरको जीप महाकाली नदीमा खसेको हो ।

सख्त घाइते जीप चालक दीपकसिंह धामीलाई उपचारका लागि भारतको पिथौरागढ लगिएको सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक भीमबहादुर चन्दले जानकारी दिए ।

जीप झण्डै ५०० मिटर तल महाकाली नदीमा खसेको थियो । घटनास्थल सदरमुकाम खलङ्गाबाट सात किलोमिटर उत्तरमा पर्छ ।

२०७५ फागुन १८ गते प्रकाशित

 

About The Author

Loading...

अन्य समाचारहरु: