Fri. Mar 29th, 2024

राष्ट्रियसभा बैठक दुई दिन सर्‍यो

१९ फागुन, काठमाडौं

राष्ट्रियसभाको आज मध्यान्ह एक बजेका लागि निर्धारित बैठक सरेको छ । संघीय संसद सचिवालयले सूचना टाँस गरेर बैठक मंगलबार दुई बजेका लागि सारिएको हो ।

संसद सचिवालयद्वारा प्रकाशित सूचनामा विशेष कारणवश बैठक सार्नु परेको उल्लेख छ । बैठकमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले विधान व्यवस्थापन समितिको प्रतिवेदन छलफलका लागि र राहदानी विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्ने कार्यक्रम थियो ।

यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक छलफल तथा पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि थियो ।

२०७५ फागुन १९ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: