Wed. Jun 26th, 2019

Pabil News

Dhading Media

गजुरी गाउँपालिकाद्धारा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण


२५ फागुन, धादिङ –

धादिङको गजुरी गाउँपालिका वडा नं ५ मा रहेको पिंडा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । १०९ औँ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर शुक्रबार गाउँपालिकाका अध्यक्ष राजेन्द्रबिक्रम बस्नेतले हस्तान्तरण गरेका हुन् । गाउँपालिकाले गत वर्षदेखि गजुरीमा र यस वर्ष देखि पिंडा स्वास्थ्य चौकीमा प्रसुति प्रतीक्षा घरको शुरूवात गरि एकरएक वटा एम्वुलेन्सको व्यवस्था गरेको हो ।

कार्यक्रममा स्वास्थ्य चौकीको सेवा क्षेत्र र आसपासका महिलाहरूको अब्ष्ट्रेटिक फिस्टुला र पाठेघर खस्ने समस्याको स्क्रिनिङ शिविर समेत राखिएको थियो । स्वास्थ्य शिविरमा ९६ जनाले सेवा लिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले अब कसैले पनि स्वास्थ्य सेवाबाट बञ्चित हुनु नपर्ने र यातायात सेवाको अभावमा अस्पताल पुग्न ढिलाइका कारण ज्यान जोखिममा पार्नु नपर्ने विस्वास व्यक्त गरे । उनले किराञ्चोक स्वास्थ्य चौकीमा पनि यसै आर्थिक वर्ष भित्र अर्को एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा समेत गरे ।

गर्भवती, सुत्केरी, नवजात शिशु तथा आमा सुरक्षा कार्यक्रमलाई आम नागरिकलाई अनुभुत हुने गरि गाउँपालिकाले कार्यक्रम अघि सारेको भन्दै उनले सबै वडाहरूमा यसै वर्षबाट स्वास्थ्य चौकी स्थापनाको प्रक्रिया अघि बढाइ सकेको र हरेक वडामा प्रसुति प्रतीक्षा घरको शुरूवात गरिंदै लगिने पनि बताए ।

वडा न .५ का वडाध्यक्ष एवं पिंडा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र मिजारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गजुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगाले, साविक पिंडा गा.वि.स.का पूर्व गाविस अध्क्षक्ष प्रमोदराज रूपाखेती, गजुरी गाउँपालिका स्वास्थ्य संयोजक डा। रामहरी रेग्मी लगायतको उपस्थिति रहेको थियो ।

२०७५ फागुन २५ गते प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Copyright © All rights reserved. | Newsphere by AF themes.