Today: May 23, 2019

बलियो घर, हामी सबैको सुरक्षित बास

विनाशकारी भुकम्प २०७२ को चार वर्ष पुग्नै लाग्यो । २०७२ सालको भुकम्पले नेपालमा लगभग पाँच लाख घर क्षतिग्रस्त भएको थियो । चार वर्ष पुग्नै लाग्दा नयाँ घर बन्ने क्रम धमाधम चलिरहेको छ । यसै क्रममा भुकम्प प्रतिरोधी, बलियो घर निर्माण गर्दा हामीले के कस्ता कुरामा ध्यान दिनुपर्ला ? नेपालमा किन भूकम्प थेग्ने घर बनाउनु जरुरी छ ?, भूकम्प प्रतिरोधी घरले कति रेक्टर स्केल सम्मको भूकम्पे थेग्न सक्छ ?, चलन चल्तिको हिसाबले बनाइने घर र भूकम्प प्रतिरोधी घर निर्माणमा खर्चको भिन्नता के रहेको छ लगायतका विषयमा पाविलन्यूज डटकमका अस्मिता खतिवडाले भुकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक डा. रमेश गुरागाईं संग गरेको कुराकानीको सारसंक्षेप ः

१) भूकम्प प्रतिरोधी घर भनेको के हो ?

भूकम्प प्रतिरोधी घर भनेको त्यस्तो घर हो जसमा भूकम्पको समयमा जनधनको सुरक्षा सुनिश्चित हुन्छ । सानो तिनो भूकम्पमा खासै केही पनि नहुने; मध्यम खालको भूकम्पमा हल्का क्षति हुने र ठूलो भूकम्पमा चर्कने, लच्कने तर गल्र्याम गुर्लुम नलड्ने घर नै भूकम्प प्रतिरोधी घर हो । साधारणतया ठूला भूकम्पमा भूकम्प प्रतिरोधात्मक क्षमता नभएका घरहरु भत्कन्छन्, धेरै जनधनको क्षति हुन जान्छ । तर विचार पु¥याएर बनाएको खण्डमा भूकम्पबाट घरहरुमा हुने क्षतिलाई रोक्न वा कम गर्न सकिन्छ । केही महत्वपूर्ण कुराहरुमा विशेष ध्यान दिई बनाएमा ठूलो भूकम्पमा पनि घरहरु एकै पटक गल्र्याम–गुर्लुम भई लड्दैनन् । घर संरचना निर्माण गर्दा भवन निर्माण संहिता वा विल्डिङग कोडको पालना गर्दै बनाइएका घरहरु भूकम्प प्रतिरोधी घर हुन् ।

२) नेपालमा किन भूकम्प थेग्ने घर बनाउनु जरुरी छ ?
संसारमा बारम्बार भूकम्प गइरहने क्षेत्रहरु मध्येमा नेपाल पर्दछ । यहाँ सानातिना भूकपहरु वर्षेनी हजारौंको संख्यामा गइरहने तथा केही वर्षको अन्तरालमा मध्यम तथा ठूलो खालका भूकम्प जाने गरेका छन् । हाम्रो इतिहासलाई हेर्ने हो भने पनि यहाँ विगतमा ठूला–ठूला भूकम्प पटक–पटक गई धेरै जनधनको क्षति भएको पाइन्छ । त्यसैले, भूकपको क्षतिबाट बच्ने मुख्य उपाय भनेको सुरक्षित वा बलियो घर, संरचनाको निर्माण गर्नु हो । जिन्दगीभरको कमाइबाट बनाउने घर भूकम्पबाट भत्कियो भने सम्पतिको नोक्सान हुने त छँदैछ साथै परिवारका सदस्यहरुको मृत्यु सम्म पनि भोग्नु पर्ने हुन सक्छ । त्यसकारण हाम्रो जस्तो भूकम्पीय हिसावले सम्वेदनशील क्षेत्रमा भूकम्पप्रतिरोधी घर बनाउनु अत्यन्त जरुरी छ ।

३) के भूकम्प प्रतिरोधी घर भनेको भूकम्प प्रभाव शून्य वा भूकम्प प्रुफ घर हो ?

होइन, भूकम्पप्रतिरोधी घर र भूकम्प प्रुफ घर एउटै होइन । भूकम्प पु्रफको अर्थ कुनै पनि परिमाणको भूकपले कुनै पनि क्षतिगर्न नसक्ने गरी बनाइएको घर भन्ने बुझिन्छ । तर संसारभरि, जापान र अमेरिका जस्ता मुलुक समेतमा आज सम्म एउटा पनि भूकम्प प््रुफ घर बनेका छैनन् । यस्ता घर बनाउन सम्भव पनि छैन, र व्यवहारिक समेत हुँदैनन् ।व्यवहारिक रुपमा हेर्ने होभने भुइँचालो प्रभाव शून्य घरनिर्माण गर्न सम्भव हुँदैनर व्यवहारिक पनिहुँदैन । यसको सट्टामा धेरै वर्षको अन्तरालमा आउने भूकम्पमा केही क्षति हुन सक्ने तर त्यसलाई मर्मत सुधार गरेर बस्न सकिने खालको घर बनाउनु व्यवहारिक हुन्छ, यस्तो घरलाई भूकम्पप्रतिरोधी घर भनिन्छ ।

४) भूकम्प प्रतिरोधी घरले कति रेक्टर स्केल सम्मको भूकम्प थेग्न सक्छ ?

रेक्टर स्केल भूकम्पको परिमाण मापन गर्न प्रयोग गरिने एक एकाइ हो । कति रेक्टरको भूकम्प भन्ने बित्तिकै हाम्रो जमिन कति हल्लियो भन्ने कुरा थाहा हँुदैन । जमिनको सम्भावित थर्काइ वा कम्पनलाई घरले कसरी थेग्न सक्छ भन्ने हेतुले घरको डिजाइन गरिन्छ । कतिसम्मको वा कत्रो कम्पनसम्म थेग्न सक्ने गरी घर बनाउने भन्ने कुरा भूकम्प प्रतिरोधी डिजाइनमा विचार गरिन्छन कि कत्रो रेक्टर स्केल । त्यसैले घरको डिजाइनमा कति रेक्टर स्केल सम्म धान्ने भन्ने कुरा गरिंदैन र यस्तो भन्नु गलत हुन्छ ।

५) के भूकम्पप्रतिरोधी घर भन्नाले पिलरवाला घर नै बनाउनु पर्ने हो ?

जरुरी छैन । हाम्रो समाजमा पिलरवाला घर मात्र भूकम्प प्रतिरोधी हुनसक्छ भन्ने गलत सोचाइ विकसित हँुदै गएको छ । विचार पु¥याएर सही तरीकाले बनाएको खण्डमा हामी कहाँ पहिले देखि नै चलनमा रहेका इट्टा, ढुङ्गा वा काठबाट बन्नेघर पनि भूकम्प प्रतिरोधी हुन सक्छ । कंक्रिट, डण्डीको प्रयोग नभएका, पिलर नराखी बनेका, इट्टा, काठ इत्यादिले बनेका कैंयौ घर, मठ–मन्दिर एवं दरबारहरु सयौ वर्ष पार गरी, थुपै्र भूकम्प भोग्दै अहिले सम्म पनि राम्रैसँग प्रयोग मार अस्तित्वमा रहेका थुप्रै उदाहरणहरु हाम्रै वरिपरि देख्न सकिन्छ । बरु विचार नगरी, सही तरिकाको उपयोग नगरी सिमेन्ट, डण्डी प्रयोग गरेर बनाइने पिलरवालाघरहरु पनि भूकम्पको हिसाबले अत्यन्तै जोखिमपूर्ण हुने गरेको देखिन्छ । त्यसैले कुन सामग्री वा कुन प्रणाली भन्दापनि कस्तो तरिकाले बनाउने भन्ने कुरा महत्वपूर्ण हुन्छ । तर भूकम्पलाई विचार गरेर नै बनाएको पिलरवाला घर भूकम्पलाई विचार गरेर बनाएको गारो वाला घरभन्दा अलि बलियो भने हुन्छ ।

६) के ढुङ्गा, ईट्टा वा ब्लकको गारोमा बनाइने गारोवाला घर पनि भूकम्प प्रतिरोधी हुन सक्छ त ?

अवश्य, तरिका मिलाएर नियमपूर्वक बनाएको खण्डमा ढुङ्गा, ईट्टा वा ब्लक प्रयोग गरिएका गारोवाला घरहरु पनि भूकम्प प्रतिरोधी हुन सक्छन् ।

७) त्यसो भए गारोवाला घर पनि भूकम्प प्रतिरोधी हुन सक्छ त ?

हो, ज्ञान र नियम मिलाएर बनाएको खण्डमा गारोवाला घरहरु पनि भूकम्प प्रतिरोधी हुन सक्छन् ।

८) भूकम्प प्रतिरोधी घर बनाउनु निकै महँगो हुन्छ भन्छन् के सत्य हो ?

हो, केही बढी खर्च त अवश्य हुन्छ तर धान्नै नसकिने गरी खर्चिलो वा महँगा भने हँुदैन । हिजोआज सामान्य रुपमा भूकम्प लाई विचार नगरी बनाइने घरहरु सँग तुलना गर्ने हो भने पिलर वाला भूकम्प प्रतिरोधी घर बनाउँदा ५–१० प्रतिशत सम्म बढी खर्च लाग्न सक्छ । तर यो अतिरिक्त खर्चलाई त्यसबाट प्राप्त गर्न सकिने भूकम्पको सुरक्षा सँग तुलना गरी हेर्ने हो भने यो सामान्य मात्र अतिरिक्त खर्च हो ।

९) भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि निर्माण सामाग्री पनि त गुणस्तर हुन आवश्यक होला नि ?
कुनै पनि भवन संरचनाको सुरक्षित वा भूकम्प प्रतिरोधी निर्माणका लागि गुणस्तरीय निर्माण सामाग्रीको महत्वपूर्ण भूमिका हुन्छ । गुणस्तरीय निर्माण सामग्रीको छनोट र आपूर्तीले नै सुरक्षित घरको सुनिश्चितता गर्दछ । निर्माण सामग्री आफैंमा भूकम्प प्रतिरोधी हुने वा नहुने भन्ने हँुदैन । सामग्रीहरु तरिका मिलाएर प्रयोग गरेको खण्डमा भूकम्प प्रतिरोधी घर निर्माण हुन सक्छ भने तरिका नमिलेको खण्डमा भूकम्पीय हिसाबले जोखिमपूर्ण पनि हुन सक्छ । गुणस्तर विनाको निर्माण सामग्रीले सुरक्षित घर निर्माण गर्न सकिदैन । तर, गुणस्तरीय, राम्रो र उपयुक्त निर्माण सामग्रीको छनोट गर्ने काम सजिलो छैन । निर्माणमा सामाग्रीहरुको छनोट गर्दा वा किन्दा वा प्रयोग गर्दा के के कुराहरुमा ध्यान दिने वा गुणस्तर कसरी पत्ता लागउने भन्ने वारे बिभिन्न कुराहरुमा ख्याल गर्नुपर्छ ।
जस्तैः ईट्टा
घर निर्माणमा ईट्टा एक महत्वपूर्ण निर्माण सामाग्री हो । ईट्टा राम्ररी पाकेको हुनुपर्छ । यो एकनासको रातो रंगको हुनुपर्छ । ईट्टा चिल्लो सतह भएको हुनुपर्छ । यो नियमित तथा एकनासको आकार र साइज भएको हुनुपर्छ । ठोक्दा धातुको जस्तो गुञ्जिने आवाज आउने हुनुपर्छ । २४ घण्टा पानीमा भिजाउँदा ईट्टाको तौलको २५% भन्दा बढी नबढ्ने हुनुपर्छ । ३ फिट सम्म उचाईबाट खसाल्दा नफुट्ने हुनुपर्छ ।
बालुवा
बालुवाको कुरा गर्दा यो सफा, दानादार, खस्रो खालको हुनुपर्छ । खोला, नदी तथा खानीको बालुवा प्रयोग गर्न सकिन्छ । फोहोर, मरेका जीव तथा अन्य पदार्थ नमिसिएको बालुवा हुनुपर्छ । साथै थोरै मात्र चिसोपना भएको बालुवा हुनुपर्छ । बालुवा गुणस्तरीय छ छैन भनेर आफैले जाँच्ने सरल तरीकाहरु पनि छन । बालुवा गुणस्तर हातले पनि जाँच्न सकिन्छ । त्यसका लागि सफा हातमा एक मुठ्ठी बालुवा लिएर र दुवै हत्केलाले र गड्नु पर्छ । यसो गर्दा हत्केलामा बालुवा नलागी हातसफा रहे त्यो बालुवा राम्रो मानिन्छ ।
वालुवा जाँच्ने अर्को तरिकामा काँचको गिलासमा बालुवा राखेर पनि जाँच्न सकिन्छ । यसका लागि काँचको गिलासमा २.५ इन्च सुक्खा बालुवा भर्ने । बालुवाभन्दा १ इन्च माथिसम्म पानी भर्ने । एक चम्चा नून मिसाउने र एक मिनेटसम्म घोल्ने र ३ घण्टासम्म गिलासलाई नहल्लिने ठाँउमा राख्ने । यस पछि बालुवा माथि जमेको माटोजस्तो देखिने पाँगोको तह नाप्ने । पाँगोको तह ५ एमएम भन्दा बढी हुनुहँुदैन । यस्तो परिणमा आएमा त्यो वालुवा प्रयोग गर्न सकिन्छ ।
पmलामे डण्डी
घर निर्माणमा पmलामे डण्डी अर्को महत्वपूर्ण निर्माण सामाग्री हो । घर संरचना निर्माण गर्दा प्रयोग गर्ने पmलामे डण्डी खिया नलागेको हुनुपर्छ । यो बङ्गयाउँदा नभाँच्चिने हुनुपर्छ । पूरै लम्बाइ मा कतै चिरा नपरेको हुनुपर्छ । एकनासको मोटाइ भएको हुनुपर्छ र तोकिएको गुणस्तरको, कम्पनीको छाप भएको हुनुपर्छ ।
रोडा
घरको छत तथा पिलर ढलानको लागि रोडाको आवश्यकता पर्छ । तर रोडाको छनोट गर्दा खोलाको वा ढुङ्गा कुटेर तयार गरिएको रोडा हुनुपर्छ । यो कडा र सफा हुनुपर्छ । विभिन्न नापको मिश्रण भएको हुनुहँदैन । यो सजिलै नखिइने हुनुपर्छ । यो खनिज तथा अन्य तत्व नमिसिएको हुनुपर्छ । ४ इन्चभन्दा बढी मोटो ढलानका लागि डेढ इन्च वा सो भन्दा साना रोडाको प्रयोग गर्नुपर्छ ।
सिमेन्ट
सिमेन्ट उत्पादन गरेको मितिले ३ महिनाभन्दा बढी समय ननाघेको हुनुपर्छ । सिमेन्टमा हात हाल्दा तातो हुनुपर्छ । हावा नछिर्ने बोरामा प्याक गरिएको हुनुपर्छ । हुकले प्वाल नपारेको हुनुपर्छ । सुख्खा र हावाले नबिगार्ने ठाउँमा भण्डारण गरिएको हुनुपर्छ । ओसबाट जोगिएको हुनुपर्छ । यो आंशिक वा पूर्ण रुपमा नजमेको हुनुपर्छ । डल्ला नपरेको हुनुपर्छ । नेपाल गुणस्तर चिन्ह प्राप्त भएको हुनुपर्छ । घर बनाउन प्रयोग गरिने पानी केमिकल मिसिएको, फोहर र धमिलो हुनु हँदैन र पिउन योग्यपानी हुनुपर्छ ।
ढुंगा
यदि ढुंगामाटोको घर बनाउँदै हुनुहुन्छ भने ढुंगा सजिलैसंग टुक्रने, नरम र हल्का किसिमको ढुङ्गा प्रयोग गर्नु हुदैन । गहिरो चिरा नपरेको ढुङ्गा मात्र प्रयोग गर्नुपर्छ । पाटा मिलेका ढुङ्गाहरु कम्तिमा २ इन्च मोटो र कम्तिमा ६ इन्च लामो हुनुपर्छ । सकेसम्म मिलाएर काटेको ढुङ्गा प्रयोग गर्नुपर्छ ।
माटो
ढुंगामाटोको घरका लागि माटो ढुङ्गा, झार, पात नमिसिएको हुनुपर्छ । खस्रो बालुवाको मात्रा ३० प्रतिशतभन्दा बढि नभएको हुनुपर्छ । माटो प्रयोगगर्नु अगाडि राम्ररी मुछिएको हुनुपर्छ ।

१०) चलन चल्तिको हिसाबले बनाइने घर र भूकम्प प्रतिरोधी घर निर्माणमा खर्चको भिन्नता ?

मनिसहरुमा भूकम्प प्रतिरोधी घर एकदमै खर्चिलो हुन्छ भन्ने भ्रम रहेको छ । साथै सिमेन्ट र कंक्रिट बाट बन्ने घर सबै भूकम्प प्रतिरोधी हुन्छन तर ढुंगामाटो, बाँस, काठ, काँचो इंटा लगायत परम्परागत सामाग्रीहरु प्रयोग गरेर बनाइन घरभवन हरु भूकम्प प्रतिरोधी हुँदैनन भन्ने गलत अवधारणा पनि मानिसहरुमा व्याप्त रहेको पाइन्छ । तर त्यसो होइन । निर्माण पद्दती र तरिकाहरुमा विचरा पु¥याएको खण्डमा पिलरवाला देखि ढुंगामाटो, बाँस, काठ, काँचो इंटा लगायत सम्पूर्ण घरहरलाई भूकम्प प्रतिरोधी बनाउन सकिन्छ । खासमा सामान्य तरिकाले बन्ने घरहरुको निर्माण पद्दती र तरिकाहरुमा सुधार गर्ने हो भने हाम्रा सबै घरहरु भूकम्प प्रतिरोधी हुन सक्छन ।

यदि पिलरवाला भूकम्प प्रतिरोधी घरको कुरा गर्ने हो भने यस्ताघर नर्माण गर्दा नियमित र साधारण आकारका जस्तै वर्गाकार, आयातकार वा गोलाकार घर बनाउनु पर्दछ । घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउनुपर्छ । घरको चौडाइको तीन गुणाभन्दा ठूलो घर बनाउन हुन्न । पिलरहरु सीधा–सीधा लाइनमा पर्ने गरी राख्नु पर्छ । सीधा लाइनमा नपारी यताउता पार्दा भूकम्पको समयमा त्यसले प्रभावकारी रुपमा काम गर्न सक्दैन । पिलरको साइज कम्तिमा १२ इन्चबाई १२ इन्च हुनुपदर्छ । एक तलाको मात्र घर भएमा पनि यो साइज राख्नुपर्छ । पिलरलाई बिम भन्दा बलियो बनाउनु पर्दछ । बिम भन्दा पिलर ठूलो बनाउनु पर्छ ।

यसो गर्दा घरको भूकम्पीय भार वहन गर्ने क्षमता बढ्छ । ढोका र झ्याललाई पिलर नजिक वा टासेर राख्नु हुदैन र कम्तिमा २ फिट दुरीमा राख्नुपर्दछ । पिलर नजिक वा टासेर राख्दा अरु पिलरको तुलनामा त्यो पिलर कमजोर हुन जान्छ । घरको तल्लो तला खुल्ला अर्थात पार्किङ, सटर आदि राख्नु हुँदैन । यदि पार्किङ्ग वा पसलका लागि भूँइतला खाली राख्नु पर्ने भएमा भूँईतलामा भएका पिलरहरुको साईज बढाएर अथवा भूँईतलाको उपयुक्त ठाउँमा ढलानको गारो राखेर भूँईतलालाई दरो बनाउन सकिन्छ । हात्तिपाइला, पिलर, बिम र स्ल्याबहरुको कंक्रिटमा मसलाको भाग १ः१.५ः३ भन्दा कम्ती हुनुहँुदैन । अर्थात् १ भागसिमेन्ट, १.५ भागबालुवा ३ भाग रोडा । ढलानमा अत्यन्तगिलो हुनेगरी धेरै पानी राख्नु हुँदैन । पिलरको रिङ्ग सही तरीकाले राख्नु पर्छ । रिङ्गको डण्डीको छेउहरुलाई १३५ डिग्रीमा मोडी भित्रपट्टी हुकबनाएर राख्नुपर्दछ । बिमका डण्डीहरु गाँस्दा कम्तिमा डण्डीको मोटाइको ६० गुणा खप्टिने गरी गाँस्नु पर्छ । जस्तै ५ इन्चको डण्डी छ भने २८ इन्च खप्टिनु पर्छ ।

पिलरवाला घरको सम्बन्धमा हामिले सामान्य चलनचल्तीको घरनिर्माण गर्दा होस वा भूकम्प प्रतिरोधी घर निर्माण गर्दा होस, प्रयोग गरिने निर्माण समाग्रीहरु लगभग उही नै हुन । तर मुख्य भिन्नता भनेको निर्माण गर्ने तरिका वा पद्दतीमा नै हो । डन्डी काट्ने, डन्डी बाँध्ने, गारो लगाउने, ढलान गर्नेआदि कुरामा ध्यान दिँदा भूकम्प प्रतिरोधी घर बन्छ । गुणस्तर निर्माण सामाग्रीको प्रयोग पनिअर्को बिषय हो । यस बाहेक सामान्य घर निर्माण गर्दाको तुलनामा भूकम्प प्रतिरोधी घर निर्माण गर्दा निर्माण सामाग्री अलिकती बढी प्रयोग हुन सक्छ । गुणस्तरिय निर्माण सामाग्री अवाश्यक पर्छ र सामान्य घर निर्माणको तुलनामा अनुभवी र तालिम प्राप्त निर्माण कर्मी चाहिने हुनाले ज्यालामा पनि केही ज्यादा खर्च लाग्न सक्छ । उदाहरुणका लागि सामान्य चलनचल्तीको घरमा जगविम हुँदैन तर भूकम्प प्रतिरोधी घरका लागि जग विम चाहिन्छ । त्यसैले भूकम्प प्रतिरोधी घरका लागि जग विम बनाउन लाग्ने रकम थप खर्च हो । त्यस्तै सामान्य चलन चल्तीको घरमा ९ इन्च गुणा १२ इन्चको पिलर हुन्छ भने भूकम्प प्रतिरोधी घरका लागि १२ इन्च गुणा १२ इन्चको पिलर हुनु पर्छ । यसका लागि ३ इन्च थप मोटो बनाउन लाग्ने खर्च थप खर्च हो ।

सामान्य चलन चल्तीको घरम गारोमा झ्यालको तल माथी बन्धन हुँदैन तर भूकम्भप्रतिरोधी घरका लागि बन्धन थप खर्च हो । त्यस्तै भूकम्प प्रतिरोधी घरका लागि पिलरमा रिंगको दुरी छोटो बनाउनु पर्ने भएकाले त्यस वापतलाग्ने केही खर्च थप लाग्छ । त्यस वाहेक भूकम्पप्रतिरोधी घरका लागि ज्यालामा केही थप खर्च लाग्छ । यसरी हेर्दा एक हजार वर्गफिटको ३ तले घर निर्माण गर्दा सामान्य चलन चल्तिको घरको तुलनमा भूकम्प प्रतिरोधी घर निर्माणका लागि कुल खर्चको ८ प्रतिशत भन्दा ज्यादा खर्च नलाग्ने भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) को अध्ययनले देखाएको छ । त्यसैले भूकम्पप्रतिरोधी घर निर्माण धेरै खर्चिलो हुन्छ भन्ने कुरा गलत हो । तर केही बढी खर्च भने अवश्य हुन्छ । तर हामिले घरको वलियो पनालाई ख्याल नगरी कमजोर संरचना बनाएर वाह्य सजावटमा भने अनावश्यक खर्च गरिरहेका हुन्छौ । यदि वाह्य सजावटमा गरिने अनावश्यक खर्चलाई कटौती गरेर त्यो पैसाभूकम्प थेग्ने संरचनाबनाउनखर्च गर्ने हो भने घरलाई उत्तिकै खर्चमा भूकम्प प्रतिरोधी बनाउन सकिन्छ । धन्यावाद ।

२०७५ फागुन २५ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट