Wed. Jun 26th, 2019

Pabil News

Dhading Media

हिमपहिरोमा पर्यटक गाइड धादिङका अजय ढकालको शव फेला, एक विदेशी बेपत्ता


२५ फागुन, लमजुङ –

चक्रीय अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक लिएर आएका एक पथप्रदर्शक (गाइड)को शव फेला परेको छ ।

नेदरल्यान्डका नागरिक ब्लोइम भिसेन्टलाई लिएर घुम्न आएका पर्यटक गाइड धादिङ गंगाजमुना गाउँपालिका ६ का अजय ढकालको शुक्रबार शव फेला परेको हो । उनीहरु फागुन १५ गते हुम्डेबाट फर्किएको भनिए पनि कुनै जानकारी नआएपछि खोजी गरिएको थियो ।

हुम्डेबाट फर्कंदै गर्दा ढिकुरपोखरी माथि च्याङ्दीको हिमपहिरोमा परी बेपत्ता भएका ढकालको शव फेला परेको निमित्त प्रमुख जिल्ला अधिकारी जयराज भण्डारीले जानकारी दिए। नेदरल्यान्डका नागरिक भने अझै बेपत्ता छन्। उनको खोजी भइरहेको प्रहरीले बताएको छ।

२०७५ फागुन २५ गते प्रकशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Copyright © All rights reserved. | Newsphere by AF themes.