Wed. Jun 26th, 2019

Pabil News

Dhading Media

धादिङको गजुरीबाट १ सय ५ केजी चरेशसहित तीनजना पक्राउ

All-focus

२६ फागुन, धादिङ –

प्रहरीले धादिङको गजुरी गाउँपालिका वडा नं १ बाट एक सय पाँच किलो अबैध लागू औषध चरेश सहित तीन जनालाई पक्राउ गरेको छ । चरेश ओसार पोसारमा संलग्न रहेको आशंकामा तीन जना र भाडाको बस पनि नियन्त्रणमा लिएको छ ।

धादिङको गजुरी हुंदै विरगन्ज तर्फ जादै गरेको चेन्नई एक्सप्रेसको ना ५ ख २८१२ नम्बरको बस आईतबार विहान चेकजाँचका क्रममा प्रहरीले चरेश फेला पारेको हो ।

बिरगन्जबाट काठमाण्डौं तर्फ जाँदै गरेको सो बस गजुरीबजार पार गरेर केही माथि पुगि फर्काएर पुन विरगन्जतर्फ जान लागेको देखेपछि शंका लागेर बसमा चेक जाँच गर्दा चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक (एसपी) राजकुमार बैैदवारले जानकारी दिए ।

प्रहरीले चरेश ओसार पसारमा संलग्न रहेको आशंकामा बसका चालक पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा नम्बर ८ का ४५ बर्षिय लालवहादुर शाह, सह चालक वारा जिल्ला करैयामाई गाउँपालिका वडा नम्बर ७ का ३५ बर्षिय अनिल चौधरी र विवाहको लागि भन्दै बस रिजर्भमा लिएर आएका पर्सा जिल्ला विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ का १९ बर्षिय श्रीराम साह कानूलाई पक्राउ गरेको छ ।

२०७५ फागुन २६ गते प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Copyright © All rights reserved. | Newsphere by AF themes.