Thu. Mar 28th, 2024

धादिङमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको बन्दको प्रभाव


३० फागुन, धादिङ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव धादिङमा पनि परेको छ ।

विप्लव समूहले आफ्नो कार्यकर्तामाथि गोली प्रहार गरिएको भन्दै विरोध स्वरुप आज नेपाल बन्दको आह्वान गरेको हो । बन्दका कारण विहानैदेखि लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चलेका छैनन् ।

धादिङबेसीबाट काठमाडौँ, पोखरा, नारायणगढ चल्ने ठुला तथा साना सवारी चलेका छैनन् भने फाटट फुट्ट रुपमा मोटरसाइकल चलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

पृथ्वी राजमार्ग क्षेत्रमा पनि सवारीसाधन चलेको छैन । सवारी चाप बढी हुने राजमार्ग सुनसान बनेको छ । धादिङबेसी बजार क्षेत्रका पसल, विद्यालयहरु पनि बन्द रहेको छ ।

२०७५ फागुन ३० गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: