Wed. Jun 26th, 2019

Pabil News

Dhading Media

गजुरी धादिङका प्रहरी निरीक्षक नवराज ढुंगेल बने प्रदेशको उत्कृष्ट


१ चैत, धादिङ –

ईलाका प्रहरी कार्यालय गजुरीका कार्यालय प्रमुख प्रहरी निरीक्षक नवराज ढुंगेल प्रदेश नं ३ को उत्कृष्ट भएका छन् ।

अपराध अनुसन्धान कार्यमा तालुक ३ नं.प्रदेश प्रहरी कार्यालय हेटौडा तथा मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरुले सम्पादन गरेका कार्यहरु मध्ये उत्कृष्ट कार्यका साथै कार्यलयको वडा एरियाको शान्ति सुरक्षा कायम राख्न सफल भएकोमा बेस्ट स्टेट पुलिस अफ दी मन्थ को रुपमा घोषित भएका हुन् । उत्कृष्ट काम गरे बापत फागुन महिनाको उत्कृष्ट बन्न सफल भएका हुन् ।

धादिङको राजमार्ग क्षेत्रमा पछिल्लो समय भएका विभिन्न अपराधिक क्रियालपमा सफल अनुसन्धान गरेको भन्दै प्रदेश नं ३ मा उत्कृष्ट हुन सफल भएका हुन् । जिल्लाको राजमार्ग हुँदै ठूलो परिमाणमा चरेश, गाँजाको तस्करी गर्नेलाई पक्राउ तथा विभिन्न आपराधिक घटना न्यूनिकरणका लागि उनले पहल गरेका थिए ।

२०७५ चैत १ गते प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Copyright © All rights reserved. | Newsphere by AF themes.