Fri. Mar 29th, 2024

फोनिज प्रदेश ३ को महाधिवेशन नुवाकोटमा आजदेखि सुरु


१ चैत, नुवाकोट –

नेपाल​ आदिवासी ज​न​जाती प​त्र​कार​ म​हासंघ​ (फोनिज​) प्र​देश​ नं ३ को ऐतिहासिक प्र​थ​म​ म​हाधिबेश​न​ शुक्रबारदेखि सुरु हुँदैछ । आदिवासी जनजाति कुलमा जन्मिएर पत्रकारिता पेशामा आवद्ध पत्रकारहरुको साझा संगठनको रुपमा रहेको फोनिजको महाधिवेशन नुवाकोटमा चैत १ र २ गते सुरु हुन लागेको हो ।

नुवाकोटको सदरमुकाम विदुरमा हुने अधिवेसनको प्रतिनिधि सभा सदस्य तथा पूर्व खेलकूल यूवा मन्त्री माननीत हितबहादुर तामाङले उद्घाटन कार्यक्रम रहेको फोनिज प्रदेश नं ३ का संयोजक समिर बलामीले जानकारी दिए ।

फोनिजले आदिवासी जनजाति पत्रकारको हकहितका साथै व्यावसायिक पत्रकारिताको माध्यममार्फत देश र जनताको विकासका लागि महत्वपूर्ण योगदान दिँदै आएको छ । पत्रकारको दक्षता अभिवृद्धि गर्ने, सञ्चार पैरवी गर्ने जस्ता समाजसेवी भावनाबाट विभिन्न किसिमका अभियानहरु सञ्चालन गर्दै आएको छ ।

अधिवेशनमा प्रदेश नं ३ का १३ वटै जिल्लाबाट १ सय ४० प्रतिनिधिको सहागीता हुनेछ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको फोनिज नुवाकोटका अध्यक्ष शक्तिमाया तामाङले जानकारी दिईन् । देश संघिय संरचनामा गइसकेपछि फोनिजले पहिलो पटक प्रदेश महाधिवेशन सुरु गरेको हो ।

२०७५ चैत १ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: