Thu. Mar 28th, 2024

धादिङमा मिनिट्रक दुर्घटना हुदाँ एकको मृत्यु, चार जना घाईते

४ चैत, धादिङ –

धादिङको त्रिपूरासुन्दरी गाउँपालिका वडा नं ४ तिलारमा मिनिट्रक दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको छ भने चारजना घाईते भएका छन् ।

खहरेबाट कार्कीगाउँतर्फ ढुङगा लोेड गरी जाँदै गरेको ग १ ख ५९५९ नम्बरको स्वराज मिनिट्रक सोमबार बिहान आफै अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ७ बस्ने २८ वर्षीय अर्जुन भुजेलको मृत्यु भएको छ ।

दुर्घटनामा त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ बस्ने चालक २८ वर्षीय राजेश भण्डारी, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ७ बस्ने २५ वर्षीय तिलक श्रेष्ठ, सोही ठाउँका २५ वर्षीय बिमला तिमिल्सीना, २६ वर्षीय विष्णु सुर्खेती घाईते भएका छन् ।

दुर्घटनामा घाईते भएका चालक भण्डारी र घाईते श्रेष्ठको काठमाडौँस्थित ट्रमा सेन्टरमा र अन्य दुई जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

२०७५ चैत ४ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: