Fri. Mar 29th, 2024

गायक प्रमोद खरेलको झुमा २ सार्वजनिक


८ बैशाख, धादिङ –

गायक प्रमोद खरेलको झुमा – २ सार्वजनिक भएको छ । झुमा झुमा बोलको गीतमा गायक खरेलको साथमा अभिनेता पल शाह, टिक टक क्विनबाट चिनिएका जुम्ल्याहा दिदिबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाको अभिनय रहेको छ ।

गीतको म्युीजक भिडियोलाई चर्चित हाँस्यटेलिसिरियलका श्रृङ्खला निर्देशक एवम् कलाकार दीपक आचार्यले गरेका हुन् । हिमान्सु राइमाझीको शब्द तथा भिम विसीको संगीतमा रहेको गीतको भिडियोलाई शुभ्म भुजेलले कोरियोग्राफी गरेका छन् । सुप्रिम पराजुलिको सम्पादन तथा अर्जुन तिवारीको सिनेमेटोग्राफी रहेको भिडियोलाई दिक्षा क्रियसनले बजारमा ल्याएको हो ।

गायक प्रमोद खरेल र नायक पल शाह संग अभिनय गरेका प्रिन्सि र प्रिज्माले आफूहरु निकै भाग्यमानी भएको भन्दै गीत छायांकन गर्दा रमाइलो भएको अनुभव साटेका छन् ।

२०७६ बैशाख ८ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: