Today: May 23, 2019

धादिङमा भूकम्पपछि ४२ हजार ५ सय ३० घर बने


११ बैशाख, धादिङ –

भूकम्प गएको चार वर्ष बितेको छ । भूकम्पपछि उद्धार, राहत हुँदै अहिले पुननिर्माणको कार्य चलिरहेको छ । धादिङ जिल्लामा भूकम्पपछि ८३ हजार ४१ घरधुरी लाभग्राही सूचीमा परेका थिए । जसमध्ये ४२ हजार ५ सय ३० घर निर्माण सम्पन्न भएको राष्ट्रिय पुर्नर्निमाण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ धादिङका प्रमुख राजेन्द्र केसीले जानकारी दिएको छ ।

भूकम्पपछि ७३ हजार ६ सय ९८ घरधुरीलाई पहिलो किस्ता, ६२ हजार ४ सय ८६ घरधुरीलाई दोस्रो किस्ता र ४६ हजार ४ सउ २५ घरधुरीलाई तेस्रो किस्ता प्रदान गरिसकेको छ । भूकम्पपछि घर पूर्ण रुपमा क्षति भएका र अझैसम्म पनि लाभग्राही सूचिमा नपरेका भूकम्प पीडितहरुको अन्तिम पटक तथ्याङ संकलन कार्य हाल भइरहेको छ ।

घर पूर्ण रुपमा भत्किएर अनुदान रकम नपाउनेहरू धादिङमा धेरै छन् । आंशिक क्षति भई अनुदान रकम पाएर घर बनाउने पनि छन् भने पूर्ण रुपमा क्षति भएर पनि अनुदान रकम नपाउनेहरु पनि छन् । कतिपयले आफ्नै बलबुताले घर बनाएका छन् । कति अझै अस्थायी टहरामा कष्टकर जिन्दगी बिताउँदै छन् । गुनासो भर्नेहरूको नाम ननिस्केपछि आशाको बत्ती निभ्ने हो कि भन्ने त्रास पनि उत्तिकै छ । कतिपयले तीन पटकसम्म गुनासो फाराम भर्दा पनि नाम निस्केको छैन ।

आवास अनुदान रकम पाइने सूचीमा आफ्नो नाम नआएपछि २०७४ मंसिरसम्ममा १७ हजार ५ सय प्रभावितले गुनासो फाराम भरेका थिए । जसमध्ये १२ हजार ४ सय ६० वास्ताविक लाभग्राहीको रुपमा छनोट गरेर अनुदान वापतको रकम पाइसकेका छन् । त्यसपछिको गुनासो फारामको कुनै अभिलेख नभएको प्रमुख राजेन्द्र केसीले जानकारी दिए ।

२०७६ बैशाख ११ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट