Fri. Mar 29th, 2024

धादिङमा जेठ पहिलो साता हाइड्रोशिलको निशुल्क शल्यक्रिया गरिने


१४ बैशाख, धादिङ –

धादिङमा हाइड्रोसिल (पानी भरिएर अण्डकोष ठूलो हुने रोग)का बिरामीलाई निशुल्क शल्यक्रिया गरिने भएको छ ।

आगामी जेठ महिनाको पहिलो साता जिल्ला अस्पताल धादिङमा शल्यक्रिया हुने अस्पतालले जनाएकोे छ । हाइड्रोशिल समस्याग्रस्त स्थानीयहरुले बैशाख २७ गतेभित्र जिल्ला अस्पतालमा सम्पर्क गरी इस्क्यानिङ बाट छनोट भइसकेपछि मात्र निशुल्क शल्यक्रियामा सहभागी गराइने जिल्ला अस्पताल धादिङका निमित्त सुपरिटेन्डेन दिपा बोहराले जानकारी दिइन् ।

जाडो महिनामा ज्वरो आउनु, शरीरमा कम्पन हुनु, हातगोडामा नीला काला धर्सा देखिनु, गिर्खा बढ्नु, अण्डकोष ठूलो हुनु, दुख्नु, गिर्खा भेटिनु र पछि हाइड्रोसिल अर्थात् अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुनेजस्ता लक्षण देखिएमा हात्तीपाइले हुन सक्ने उनले बताइन्।

हाइड्रोसिलका विरामीलाई सरकारले नि शुल्क रुपमा उपचार गर्ने भनिएतापनि विभिन्न कारणले उपचारका लागि नै नआउने गरेको उनले बताइन् ।

२०७६ बैशाख १४ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: