Fri. Mar 29th, 2024

आईपीएल : पञ्जाबमाथि हैदरावादको फराकिलो जित


१७ वैशाख, काठमाडौं –

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले किंग्स इलोभेन पञ्जाबविरुद्ध सहज जित हात पारेको छ ।

आफ्नै घरेलु मैदान राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा हैदरावादले पञ्जाबलाई ४५ रनले पराजित गरेको हो । २१३ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६७ रन मात्रै बनाउन सक्यो ।

पञ्जाबका लागि केएल राहुलले उत्कृष्ट प्रदर्शन गर्दै ७९ रन बनाए पनि काम लागेन । उनले ५६ बलमा ५ छक्का र चार चौका प्रहार गरेका थिए । त्यस्तै, मयंक अग्रवालले २७ रन बनाए । २.१ ओभरमा विष्फोटक ब्याट्सम्यान तथा युनिभर्सल बोसको रुपमा परिचित क्रिस गेल ४ रनमा आउट हुदा पञ्जाब दबावमा आएको थियो ।

पञ्जाबमाथि जित हात पार्ने क्रममा राशिद खान बल्ल पहिलो पटक जारी आईपीएलमा चम्किएका छन् । उनले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए । उनले चार ओभरमा २१ रन खर्चिएर तीन विकेट लिए । खालिल अहमदले पनि तीन विकेट लिए तर उनले ४० रन खर्चिए । त्यस्तै, दुई विकेट भने सन्दीप शर्माको नाममा रहृयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २१२ रन बनाएको थियो । हैदरावादका लागि डेभिड वार्नरले उत्कृष्ट ब्याटिङ गरे । उनले ५६ बलमा ७ चौका र दुई छक्काको मद्दतमा ८१ रन बनाए । वार्नर म्यान अफ द म्याच भए । मनिस पाण्डेले ३६ रन बनाए ।

जितसँगै हैदरावादको प्लेअफमा पुग्ने सम्भावना बढेको छ । १२ खेलबाट ६ खेलमा जित र ६ खेलमा हार ब्यहोरेको हैदरावादको १२ अंकसहित लिगको अंक तालिकामा चौथो स्थानमा छ ।

२०७६ बैशाख १७ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: