Today: May 23, 2019

यस्तो बन्नेछ धादिङको ऐतिहासिक एवम् पर्यटकीय क्षेत्र भैरवी मन्दिर

धादिङ जिल्लाको ऐतिहासिक एवम् पर्यटकीय क्षेत्र भैरवी मन्दिरको खाका तय भएको छ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं ६ सुनौलाबजारमा रहेको मन्दिर २०७२ साल बैशाखमा आएको भूकम्पले भत्किएको थियो । सरदरमुकाम धादिङबेसीबाट १० किलोकिटरको दुरीमा रहेको मन्दिरको पुननिर्माणका लागि महायज्ञ समेत लगाइएको थियो ।

भैरवी मन्दिरको ऐतिहासिक महत्व के छ भनेर पत्ता लगाउन नसकेपनि केही किम्बदन्दीहरु छन् । ऐतिहासिक समयमा भगवान भैरवको श्रीमती भैरवीलाई सुत्केरी भएको अबस्थामा मासु खान मन लागेछ त्यसपछि मासु लिनको लागी भैरव बाघको रुप धारण गरेर जङगलमा गएर शिकार गरि मासु ल्याउँदाखेरी सुङ्गुरको मासु लिएर आयो त्यो कुरा भैरवीले देखी सकेपछि उ डराएर त्यहाँ घोप्टो परेर बसिन् र उसलाई भित्र पस्न दिएन त्यसपछि भैरव बाहिर गएर बसेको भन्ने किम्बदन्तीहरु छन् ।

त्यसैले अहिले पनि त्यहाँ दुईवटा मन्दिर छ एउटा माई भैरवीको मन्दिर अर्को भैरवको मन्दिर । त्यहाँ हामी प्रत्येक वर्ष दशैँमा पुजा गर्दा चाँहि भैरवलाई चाँहि सुँगुरको वलि चढाउने गरिन्छ ।

२०७६ बैशाख १९ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट