Today: May 23, 2019

अवैधानिक रुपमा भारत निकासी हुँदै गरेको गाइ/गोरु नियन्त्रणमा

१९ बैशाख, धादिङ

पृथ्वी राजमार्गको बाटो भएर भारततर्फ अवैधानिक रुपमा निकासी हुँदै गरेको १ ट्रक गाइ/गोरुलाइ प्रहरी र भेटेरीनरी अस्पताल धादिङले नियन्त्रणमा लिएको छ ।

धादिङको राजमार्ग क्षेत्रका गाउँ गाउँबाट कानुन विपरीत कुनैपनि कागजपत्र विना नै गाइ र गोरुहरुको अवैधानिक ओसार–पोसार भइरहेको विषयमा जनगुनासो आउन थालेपछि प्रहरीले सक्रियता बढाएको थियो ।

जनगुनासो पछि कडाइका साथ चेकजाँच गर्दा धादिङको थाक्रे गाउँपालिकाबाट मकवानपुर लैजाने भन्दै ट्रकमा राखेर लैजादै गरिएका ११ वटा गाइ र एउटा गोरु सहित ना ६ ख ७१३९ नम्वरको ट्रक नियन्त्रणमा लिइएको भेटेरीनरी अस्पताल धादिङका पशुचिकित्सक विनोद यादवले जानकारी दिए । ट्रक नियन्त्रणमा लिएपछि गोरु र गाइ कुनैपनि प्रक्रिया पुरा नगरी कागजपत्र विना नै मकवानपुर भनेर भारत निकासी हुँदै गरेको भेटिएको हो ।

नियन्त्रणमा लिइएको गाइ र गोरुको क्वारेन्टाइन पनि नभएको तथा किन र के प्रयोजनको लागि ढुवानी भइरहेको भन्ने विषयमा कुनैपनि कागजात नभेटिएपछि प्रहरीले गाइ गोरु र ट्रक भेटेरिनरी अस्पताल धादिङको जिम्मा लगाएको छ ।

धादिङ जिल्लामा पशु क्वारेन्टाइन कार्यलय नभएका कारण भेटरीनरी अस्पतालले कुनै पनी कारवाही गर्न नमिलेपछी आवश्यक कारवाहीका र अनुसन्धानको लागि चितवनको रामनगर स्थित पशु क्वारेन्टाईलाई बुझाइएको भेटेरीनरि अस्पताल धादिङका यादवले जानकारी दिए । ‘यस्ता घटनामा कारवाही र अनुसन्धान गर्ने हामीलाइ जिम्मेवारी छैन ।’ यादवले भने, ‘थप अनुसन्धान र कारवाही प्रक्रियाको लागि रामनगर स्थित पशु क्वारेन्टाइनलाइ ट्रक सहित गाइगोरु जिम्मा लगाउदै छाैँ ।’

पछिल्लो समय राजमार्ग हुदै दैनिक सयौँ बुढी गाई र गोरुहरुको अबैध ढुवानी हुने गरेका कारण धादिङ प्रहरीले त्यस तर्फ सक्रियता देखाएको छ । नेपालमा गाई गोरु पाल्न बाहेक अन्य प्रयोजनका लागी ढुवानी गर्न नपाउने कानुनी ब्यबस्था रहेको छ । त्यस्तै एक ठाउँबाट अर्को ठाउँमा लैजादा ढुवानी गरेको गाईगोरुहरुको स्वास्थ्थ ठीक छ/छैन भन्ने परिक्षण (क्वारेन्टाइन) पास गरेपछि मात्रै ढुवानी गर्नपाउने कानुनी ब्यवस्था रहेको छ ।

२०७६ बैशाख १९ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट