Thu. Mar 28th, 2024

धादिङको गंगाजमुनामा आगलागी, घर र गोठ जलेर नष्ट


२३ बैशाख, धादिङ –

धादिङको गंगाजमुना गाउँपालिका वडा नं ३ बर्धनमा आगलागी भएको छ ।

सोही ठाउँमा बस्ने गणेश गुरुङको ढुङगा र माटोको गाह्रोमा जस्ताको छानो भएको दुई तल्लो घरमा सोलारको करेन्ट सर्ट भई आगलागी भएको प्रहरीले जानकारी दिएको छ । सोमबार बिहान लागेको आगलागीबाट घर र धन्सार गोठ पूर्ण रुपमा जलेर नष्ट भएका छ ।

आगलागीबाट घरमा रहेको नगद ४ लाख, ४.५ तोलाको सुन ( मुल्य रु २८४,०००), धान, मकै कोदो लगायतको अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको छ । २२ लाख ७८ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिएको छ ।

२०७६ बैशाख २३ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: