Fri. Mar 29th, 2024

अवरोधबीच नीति तथा कार्यक्रम बहुमतले पारित

२४ वैशाख, काठमाडौं –

सरकारले आर्थिक वर्ष २०७६र७७ का लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र स्वतन्त्र सांसदहरुले नीति तथा कार्यक्रमको विपक्षमा मत दिए ।

नीति तथा कार्यक्रममाथि नेपाली कांग्रेस, राजपालगायतका दलका सांसदले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । वैशाख २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि संसदमा आइतबार, सोमबार र मंंगलबार गरी तीन दिन छलफल भएको थियो ।

आइतबार ५४, सोमबार ६३ र मंगलबार ६ जना सांसदहरुले नीति तथा कार्यक्रममाथि धारणा राखेका थिए । नीति तथा कार्यक्रम पारित भएपछि संसद बैठक ३ दिनका लागि स्थगित गरिएको छ । अब संसद बैठक वैशाख २७ गते ११ बजे बस्नेछ ।

 

२०७६ बैशाख २४ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: