Fri. Mar 29th, 2024

मुम्बई आईपीएल क्रिकेटको फाइनलमा प्रवेश

२५ वैशाख, काठमाडौं –

मुम्बई इन्डियन्स जारी इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा मुम्बईले डिफेन्डिङ च्याम्पियन चेन्नाई सुपर किंग्सलाई उसैको घरेलु मैदानमा ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । १३२ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको मुम्बईले १८।३ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेटायो ।

मुम्बईको जितमा सुर्यकुमार यादव नायक बने । उनकै उत्कृष्ट ब्याटिङमा मुम्बईले फाइनल यात्रा तय गरेको हो । सुर्यकुमार ५४ बलमा १० चौका प्रहार गर्दै ७१ रनमा अविजित रहे । त्यस्तै, इसन किसानले २८ रनको योगदान दिए ।

पहिलो ओभरको दोस्रो बलमै कप्तान रोहित शर्मालाई गुमाएको मुम्बईले २१ रन हुँदा दोस्रो विकेटको रुपमा डी ककलाई गुमाएको थियो । योसँगै मुम्बई दबावमा आएको थियो । तर सुर्यकुमार र किसानले ८० रनको साझेदारी गर्दै पारी सम्हालेका थिए ।

बलिङतर्फ इमरान ताहिरले दुई विकेट लिए पनि चेन्नाईलाई जित दिलाउन सकेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १३१ रन बनाएको थियो । चेन्नाईका शीर्ष स्थानका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् ।

पाँचौ नम्बरमा आएका अम्बती रायडु र छैटौं स्थानमा आएका कप्तान महेन्द्रसिंह धोनीले पारी सम्हालेका थिए । अम्बाती रायडु ४२ रनमा अविजित रहँदा कप्तान धोनी ३७ रनमा अविजित रहे । यी दुई ब्याट्सम्यानले ६६ रनको साझेदारी गरेका थिए ।

बलिङतर्फ राहुल चाहरले दुई विकेट लिए ।

मुम्बई इन्डियन्स सीधै फाइनलमा पुग्दा चेन्नाई भने दोस्रो क्वालिफायर राउण्डमा प्रवेश गरेको छ । चेन्नाईले अब फाइनल प्रवेशका लागि इलिमिनेटर राउण्डको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । इलिमिनेटर राउण्डमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदैछ ।

२०७६ बैशाख २५ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: