Today: May 23, 2019

गुणस्तरीय र प्राविधिक शिक्षा आजको आवश्यकता  : शेर बहादुर देउवा

२७ बैशाख, धादिङ-

पुर्व प्रधानमन्त्री एवं नेपाली काङग्रेसका सभापति शेर बहादुर देउवाले अव सवै विद्यालयहरुले प्राविधिक शिक्षा सुरु गर्नुपर्ने कुरा बताएका छन् ।

धादिङ जिल्लाकै पहिलो नमुना विद्यालय नीलकण्ठ माद्यमिक विद्यालयको नवनिर्मित ३६ कोठे भवन उद्घाटन र हस्तानतण गर्न आएका बेला देउवाले विद्यार्थीहरुको सुनौलो भविष्यको लागि अव गाउँ गाउँबाट प्राविधिक शिक्षा दिन सुरु गर्नुपर्ने बताएका हुन् ।

हाल केही सिमित विद्यालयहरुले मात्रै प्राविधिक शिक्षा दिन सुरु गरेकाले भविष्यमा सहज रुपमा रोजगारी पाउन र समृद्ध नेपाल निर्माण गर्नको लागि शहर बजारका विद्यालयहरुमा मात्र नभइ गाउँ गाउँ का विद्यालयहरुमा प्राविधिक शिक्षाको सुरुवात गर्नुपर्ने कुरामा जोड दिए ।

छोटो समय (आधा घण्टा) को लागि हेलिकप्टर मार्फत धादिङ आएका देउवाले विद्यालयको उद्घाटन गर्दै सवै विद्यार्थीहरुले प्राविधिक र गुणस्तरीय शिक्षा पाएमा मात्रै नयाँ नेपाल निर्माण सम्भव हुने बताए । ‘पहिलेको जमानामा प्राविधिक शिक्षाको कुनै सुविधा थिएन ।’ देउवाले भने, ‘विस्तारै प्राविधिक शिक्षा शहर बजारमा मात्रै सुरु भएपनि अव गाउँ गाउँबाट प्राविधिक र गुणस्तरीय शिक्षाको सुरुवात गर्नुपर्छ, त्यसका लागि शिक्षक, अभिभावक र राजनितिक नेतृत्वहरु पनि जिम्मेवार र उत्तरदायी हुनुपर्छ ।’

विनाशकारी भुकम्प पछि विद्यालयमा क्षति पुगेपछि गरिवी निवारणको लागि जापानी कोषको अनुदान र एसियन विकास बैङ्को प्रशासनिक सहयोगमा राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रिय कार्यन्वयन इकाइ (शिक्षा) मार्फ करिव ८ करोडको लागतमा ३६ कोठे ३ वटा ब्लक, एउटा खाजा घर, एउटा छात्रावास र ३ वटा शौचालय निर्माण सम्पन्न भएको हो ।

नीलकण्ठ माद्यमिक विद्यालयमा हाल २ हजार भन्दा बढी विद्यार्थीहरुले अध्ययन गर्दै आइरहेका छन् भने प्राविधिक विषयतर्फ इन्जिनियरिङ, विज्ञान लगायतका विषयहरुमा अध्यापन गर्दै आइरहेको छ । जिल्लाकै पहिलो नमुना विद्यालयको रुपमा छनौट भएको नीलकण्ठ माविमा हाल नेपाली र अंग्रेजी दुवै माध्यमबाट पढाइ हुँदै आइरहेको छ ।

२०७६ बैशाख २७ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट