Fri. Mar 29th, 2024

धादिङको धार्केदेखि सिस्नेखोलासम्मको सडक निर्माणका लागि ६ अर्ब खर्च हुने

फाइल फोटो


२ जेठ, धादिङ –


धादिङको धार्केदेखि सिस्नेखोलासम्मको दुई लेनको ११ किलोमिटर सडक निर्माणका लागि ६ अर्ब खर्च हुने भएको छ ।

फाइल फोटो

विश्व बैंक र सडक विभागले गरेको अध्ययनअनुसार नयाँ सडक निर्माणका लागि मात्र ६ अर्ब रुपैयाँ खर्च हुने देखिएको हो । अध्ययन अनुसार नयाँ सडक निर्माण, पुल निर्माण र साबिकको सडक सुधारमा २४ अर्ब रुपैयाँ लगानी गर्नुपर्नेछ ।

सोहि लगानीकोे सिस्नेखोलादेखि धार्केसम्म नयाँ सडक निर्माणका लागि ६ अर्व रुपैँया लाग्ने देखिएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए ।

६ अर्ब बाहेक बाँकी रहेको रकमले सिस्नेखोलादेखि मुग्लिनसम्मको पुल निर्माण र मर्मत तथा सडक मर्मत–सम्भारलगायतका काम गरिने जनाईएको छ ।

सुधारभित्र २१ वटा पुल, करिब ७ किलोमटिर क्लाम्बिङ लेन, घुम्ती सुधार, २६ वटा पुलको मर्मत, १५ वटा आकासेपुल निर्माण हुने बताईएको छ । यसमा केहि थपघट हुन सक्ने महानिर्देशक शर्माको भनाई छ ।

२०७६ जेठ २ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: