Today: May 23, 2019

नेकपाले टुंग्यायो जनवर्गीय संगठनको भागबन्डा

२ जेठ, काठमाडौँ –

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय विभिन्न जनवर्गीय संगठनको नेतृत्व टुंग्याएको छ। बिहीबार बसेको सचिवालय बैठकले तत्कालीन एमाले र माओवादीको भागवण्डाका आधारमा अधिकांश जनवर्गीय संगठनको संयोजक र सहसंयोजक तोकेको हो ।

विद्यार्थी संगठनको संयोजकमा ऐन महर र सहसंयोजकमा रञ्जित तामाङ तोकिएका छन् । युवामा रामप्रसाद सापकोटा संयोजक र रमेश पौडेल सहसंयोजक तोकिएको छ ।

फाइल फोटो

महिलाको संयोजक अमृता थापा र सहसंयोजक सीता पौडेल तथा मजदुरको संयोजकमा विनोद श्रेष्ठ र सहसंयोजकमा जगत सिम्खडा तोकिएका छन् ।

प्रेसमा महेश्वर दाहाल संयोजक र गणेश बस्नेत सहसंयोजक, तथा बुद्धिजिवीमा दिनेशचन्द्र देवकोटा संयोजक र कृष्ण केसी सहसंयोजक तोकिएका छन् ।

२०७६ जेठ २ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट