Today: May 23, 2019

मिडिया काउन्सिल विद्येयक खारेजीको माग गर्दै धादिङका पत्रकार सडकमा

३ जेठ, धादिङ –

सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विद्येयक संशोधनको माग गर्दै धादिङका पत्रकारहरु सडकमा उत्रेका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको अगुवाईमा धादिङबेसीमा शुक्रबार बिहान एक घण्टा संचार सामग्रीहरु प्रदर्शन गरेका हुन् ।

पत्रकार महासंघको केन्द्रीय सर्कुलर अनुसार सबै जिल्ला शाखाको नेतृत्वमा पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् ।

विधेयकको विरोधमा यसअघिबाटै आन्दोलन थालेको महासंघले सरोकारवाला निकायसँगको छलफलपछि आन्दोलनका कार्यक्रम सुरु गरेको हो । महासंघले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता विरोधी कानून संसोधन गरी सरोकारवालसँग छलफल र सहमति पछि मात्र मिडिया सम्बन्धी कानून बनाउन सरकारलाई आग्रह गर्दै आएको छ ।

नेपाल मिडिया काउन्सिलको दफा १८ को व्यवस्थामा काउन्सिलबाट जारी भएको आचारसंहिता विपरित कुनै सामग्री प्रकाशन तथा प्रतिष्ठामा आँच पु¥याएमा सम्बन्धित व्यक्तिले दफा १६ बमोजिम दिएको उजुरी दफा १७ बमोजिम जाँचबुझ गर्दा कसैको मर्यादा वा प्रतिष्ठामा आँच पुगेको देखिए आमसंञ्चार माध्यम, प्रकाशन, सम्पादक, पत्रकार वा समाचारदातालाई २५ हजार रुपैयाँ देखि १० लाखसम्मको जरिवाना गर्ने विद्येयकमा उल्लेख छ ।

विधेयकमा काउन्सिलबाट जारी भएको आचारसंहिता विपरीत कुनै सामग्री प्रकाशन वा प्रसारण गरेको कारणबाट व्यक्ति वा संस्थालाई क्षति पुगेको भएमा काउन्सिलले त्यस्तो क्षति पुगेको व्यक्ति वा संस्थालाई मनासिव क्षतिपूर्ति भराइदिन सक्नेछ भनी उल्लेख गरिएको छ ।
विधेयकमा उल्लेखित बुदाँहरु संशोधन गर्न माग गर्दै लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाई पनि आन्दोलित हुन उनीहरुले माग गरेका छन् ।

२०७६ जेठ ३ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट