Wed. Jun 26th, 2019

Pabil News

Dhading Media

धादिङ बस दुर्घटना : हराइरहेका एकजनाको शव फेला, तीनजना अझै बेपत्ता


७ जेठ, धादिङ –


धादिङको गजुरी गाउँपालिका वडा नं ६ बन्छेटारबाट त्रिशुली नदिमा बस खस्दाँ हराइरहेका एक जनाको शव फेला परेको छ । घटना भएको ठाउँबाटै मंगलबार दिउँसो फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

त्रिशुली किनारामा हिलोमा दबिएको अवस्थामा झापा घर धएका कृष्णप्रसाद निरौलाको शव फेला परेको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख हेमराज घिमिरेले जानकारी दिए ।

दुर्घटनामा अझै तीनजना हराइरहेका छन् । दुई बालक र एक पुरुष हराइरहेको घिमिरेले जानकारी दिए । हराइरहेकाहरुको कुरिनटारको गोताखोरको टोलीले खोजी कार्य गरिरहेका छन् ।

आइतबार झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक सडकबाट ६० मिटर तल त्रिशुली नदीमा खसेको थियो । दुर्घटनामा यसअघि ९ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परि मृत्यु भएका तीनजनाको अझै सनाखत हुन सकेको छैन ।

२०७६ जेठ ७ गते प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Copyright © All rights reserved. | Newsphere by AF themes.