Wed. Jun 26th, 2019

Pabil News

Dhading Media

गजुरी गाउँपालिका आफ्नै भवनमा

७ जेठ, धादिङ


धादिङको गजुरी गाउँपालिकाले नयाँ भवन निर्माण गरेको छ । भवनको एक कार्यक्रमकाबीच प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेललले उद्घाटन गरे । भवनको उद्घाटन गर्दे मन्त्री पौडेलले भौतिक पूर्वाधार मात्र विकास नभई सामाजिक, आर्थिक र सामाजिक रुपान्तरणले मात्र विकास सम्भव हुने बताए ।

प्रदेश सरकारको काम सुरुवाती चरणमा केही अप्ठ्याराहरु रहेकाले जनताले प्रदेश सरकारको अनुभुती गर्न नसकेपनि अहिले धेरै परिवर्तन भएको बताए । ‘सुरुवाती दिनमा प्रदेश सरकारसंग कानुन् थिएन, संस्थागत संरचना थिएन, त्यो अवस्थामा सरकार बन्यो, सरकारले बनेको भोलिपल्ट के काम गर्ने भन्ने प्रष्ट थिएन’ मन्त्री पौडेलले भने, ‘अब प्रदेश सरकारले ट्रयाक समाइसकेकाले केही समयभित्र प्रदेश सरकारको अनुभुती हुने गरि विकास निर्माणका कामहरु छरपष्ट देखिने छ ।’

हिजोको गाउँविकास समिति भन्दा अहिलेको गाउँपलिकावीच आकास जमिनको फरक रहेको उनले बताए । कतिपय स्थानीय तह आफु छुट्टै सरकार भएपनि हिजोकै गाउँ विकास समितिकै सँस्कार, चिन्तन लिएर काम गरिरहेकाले जनताले नयाँ संरचना र विकासको अनुभुति गर्न नपाएको हो कि भन्नेमा मन्त्री पौडेलले शंका ब्यक्त गरे ।

गाउँपालिकाको विकासको निम्ति बनाइएको योजनाहरुले सवै गाउँपालिका समेट्ने र पालिका भित्रका स्थानीयहरु सवै लाभान्भित हुने खालको बनाउने मन्त्री पौडेलले आग्रह गरे ।

गाउँपालिका प्रमुख राजेन्द्रविक्रम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा संघिय सांसद भूमि त्रिपाठी, खेम प्रसाद लोहनी, प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले लगायतले उपस्थिति रहेको थियो ।


२०७६ जेठ ७ गते प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Copyright © All rights reserved. | Newsphere by AF themes.