Thu. Mar 28th, 2024

धादिङ कारागारका कैदीको बजारका होटलमा मोजमस्ती, कारागारभित्रै रक्सी र जुवातास (भिडियाे)

मनिष दुवाडी/७ जेठ, धादिङ –

जवरजस्ती करणी जस्तो जघन्य अपराधमा सजाय भुक्तान गरिरहेका उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका वडा नं ४ सेर्तुङका प्रेम तामाङ जिल्ला सदरमुकामको होटलमा मस्ती गरिरहेको भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा रोचक त के छ भने कारागारको कैदीलाइ होटलको कोठाभित्र एक महिलासंग राखिदिएर कोठामा बाहिरबाट ताल्चा लगाइ कैदीलाइ होेटलसम्म पु¥याउन गएका सिभिल प्रहरी र कारागारका सहनाइकेहरु रक्सी खाँदै बाहिर पहरा दिइरहेका थिए । जवरजस्ती करणी गरेको अभियोगमा २०७० जेठ २३ गते जिल्ला अदालत धादिङबाट ११ वर्षको जेल सजाय सुनाइएका प्रेम तामाङ धादिङ कारागारका सहायक नाइकेमध्ये एक हुन् ।

भिडियाे रिपाेट

कारागारका चौकीदार र कारागार प्रशासनको मिलेमतोमा कारागारभित्रका कैदीबन्दीहरु खुलमखुल्ला बाहिर भेटिएपछि कारागारको सुरक्षामा प्रश्न चिन्ह उठेको छ । धादिङ कारागारमा विगत लामो समयअघिदेखी टोक बहादुर तामाङ चौकीदार थिए भने अहिले रुपेश चापागाँइ चौकीदार रहेका छन् । चापागाँइ पनि भर्खरै चौकीदार बनेका हुन भने पहिले चौकीदार रहेका टोकबहादुर भने सहायक चौकीदार रहेका छन् ।

गम्भीर विरामी भएको खण्डमा र कुनै कुनै विशेष परिस्थिति (अहिले भुकम्पको अनुदान लिन) को लागि मात्रै कैदीबन्दीहरु बाहिर पठाउने गरेको धादिङ कारागार कार्यलयका निमित्त प्रमुख मदनकुमार श्रेष्ठले बताए । कारागार भित्रै जुवातास खेलाउने र बजारमुल्य भन्दा ५ गुणा महङगोमा बाहिरबाट रक्सी लिएर कैदीवन्दीहरुलाइ विक्री गर्ने गरेको कारगारबाट बाहिरिएकाहरुले बताए । कारागार भित्र चौकीदार र उसका सहायकहरुले अन्य कैदीबन्दीहरुसंग पैसा उठाएर जुवातास समेत खेलाउने गरेको छुटेका कैदीहरुले बताए ।

कारागार भित्रका कैदीबन्दीहरुलाइ आवश्यक पर्ने दैनिक उपभोग्य सामान किनमेल गर्नको लागि बजार नाइके बाहिर बजार निक्लिन पाउछ, साथमा प्रहरीहरु र कारागार ब्यवस्थापन कार्यलयका कर्मचारी हुनुपर्ने अनिवार्य हुन्छ । तर किनमेल गर्न गएका बजार नाइकेसंग सुरक्षाकर्मी र प्रहरीकै मिलेमतोमा रक्सी र जुवातास भित्र पठाइने गरेको हुन्छ । धादिङ कारागारभित्र अत्यन्तै महङगो मुल्यमा दैनिक उपभोगका सामानहरु विक्रीवितरण भइरहेको छ ।

कारागारका कैदीबन्दीलाइ नेपाल सरकारले दैनिक ७ सय ग्राम चामल दिने भएपनि अन्य खाद्यसामाग्री कैदीबन्दी आँफैले ब्यवस्था गर्नुपर्ने हुन्छ । चौकीदारहरुले संचालन गरेको पसलमा सामानहरु बजारमुल्य भन्दा ३ गुणा महङगो हुने गरेको छ । बाहिरबाट नयाँ अभियुक्तहरु कारागार पठाइदा चौकीदारहरले एक हजार देखि ५ हजारसम्म अनाबश्यक शुल्क उठाउने गरेका छन् ।

कारागार भित्रै पनि अन्याय भएपछि न्यायिक छानविनको लागि कारागार ब्यवस्थापन विभाग काठमाण्डौलाइ छानविन गर्न अनुरोध गर्दै कैदीबन्दीले लेखेका पत्रहरु पनि बाहिर आएको छ । छानविन गर्न आग्रह गरिएको पत्रमा प्रधानमन्त्रीको कार्यलय र गृहमन्त्रीको कार्यलयलाइ समेत बोधार्थ दिइएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: